काठमाडौं : फागुन १६, पछिल्ले समय सत्तारुढ नेकपामा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको बीचमा विावद चर्किएको बेला शुक्रबार विहानै प्रचण्ड निवासमा ओली इतका शीर्ष नेताहरुको जमघट भएको छ। आज बिहानै कार्यकारी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पार्टी वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतका नेताहरु पुगेका छन् । बिहान आठ बजेदेखि भएको भेटवार्ता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय कार्यान्वयन र प्रधानमन्त्री ओलीले त्यसविरुद्ध लिएको अडानका विषयमा केन्द्रीत रहेको स्रोतको दाबी छ ।
सुरुमा झलनाथ खनाल प्रचण्ड निवास खुमलटार पुगेका थिए। त्यसपछि माधव नेपाल र वामदेव गौतम पुगेका हुन्। स्रोतका अनुसार छलफलमा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठको भने उपस्थिति नरहेको बताईएको छ । भेटवार्ताको सुरुमा ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेता पनि सहभागी रहेको बताइएको छ। शीर्ष नेताबीचको छलफलपछि प्रचण्ड आजै चितवन जाने कार्यक्रम छ।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेपछि प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताउँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएपछि सत्तारुढ नेकपा भित्रको विवाद सतहमा छताछुल्ल भएको छ । बरिष्ठ नेता खनालले हिजो नै एक दैनिक पत्रिकासँग ओलीले पार्टीको निर्णय नमाने पार्टीबाट बाहिर निस्कन चेतावनी दिईसकेका छन् । यदी ओलीले पार्टीको निर्णय कार्यान्वयन गरे अविश्वासको प्रस्ताव लगेर प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिईसकेका छन् ।
ओलीलाई ४० प्रतिशत सख्या पुर्याउन सकस
सत्तारुढ नेकपाभित्र विवाद चर्केको बेला कांग्रेसका नेता डा। शेखर कोईरालाले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै गोप्य भेटघाट गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले वामदेवलाई कुनै पनि हालतमा राष्ट्रिय सभामा सिफारिस नगर्ने तर आईपर्ने परिस्थिति सामना गर्न तयार रहेको बताईसकेका छन् । आउने परिस्थिति सामना गर्न तयार रहेको भन्ने ओलीको सन्देशले पार्टी विभाजको संकेत गरेको स्रोतको दाबी छ ।
ओलीले करिब आफ्नो पक्षमा ४० प्रतिशत सांसदको सख्या पुर्याए आफ्नो नेतृत्वमा छुट्टै पार्टी गठन गर्ने र प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न तयार हुने तर प्रचण्डसँग नझुक्ने ओलीको मनसाय रहेको भएपनि ओलीलाई उनका नजिकका सहयोगी विष्णु पौडेल र विष्णु रिमालले पनि साथ छोडिसकेकाले ४० प्रतिशत पुर्याउन भने निक्कै गाह्रो हुने स्रोतको दाबी छ ।