काठमाडौं : फागुन १६, शनिबार अफगानिस्तानी तालिबान र अमेरिकाको बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । कतारको राजधानी दोहामा सम्पन्न अमेरिकी र तालिबानी प्रतिनिधिको बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भएको कतारी टेलिभिजन अलजजीराले जनाएको छ । करिब एक महिना लामो छलफलपछि सम्झौतामा तालिनबान र अमेरिकाले हस्ताक्षर गरेका हुन् ।
पाकिस्तान, भारत, इण्डोनेसिया, उज्बेकिस्तान र ताजकिस्तानको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अमेरिकाले अफगानिस्तानबाट आफ्नो सुरक्षा फौज फिर्ता लिनेछ । अबको १४ महिनाभित्र अमेरिकाका १४ हजार र नेटोले १७ हजार आफ्ना अफगानिस्तानमा रहेका सेना फिर्ता गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौता भएको १३५ दिनभित्र अमेरिकाले आफ्ना ८ हजार ५ सय सेना फिर्ता गर्ने उल्लेख छ । त्यस्तै यो सम्झौता पछि अफगानिस्तान सरकारले ५ हजार तालिबानीहरुलाई रिहा गर्ने र अन्तर अफगानिस्तान डिल काबुलमा हुने सम्झौतामा उल्लेख छ ।