सेयर
चितवन २१ भदौ ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि चिकित्सकलाई क्वारेन्टाइनमा राखिएको छ । आज बिहान अस्पतालमा उपचाररत सिन्धुलीकी २६ वर्षीया उषाकुमारी राईको मृत्यु भएको हो । उनको कोरोना आशंकामा उपचार भइरहेको थियो । मृतक राईको स्वाब परिक्षणमा पठाइएको छ ।
रिपोर्ट नआउन्जेल उपचारमा संलग्न चिकित्सकलाई क्वारेन्टाईनमा राखिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । मृतक महिलाको स्वाब केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण हुँदैछ ।
उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएकी उनको गएराती २ बजे मृत्यु भएको हो । उनलाई हेटौँडा अस्पतालले भरतपुर रिफर गरेको थियो ।
shere this








































