नुवाकोट ।
समाजसेवी जगत लामाले बेलकोटगढी नगरपालिकामा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लामाले थर्मल गन पिपिई माक्स लगायतका सामाग्री सहयोग गरेका हुन् ।

सुकुमान मेमोरियल पोलिक्लिनिकका संस्थापकसमेत रहेका लामाले बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को दुईपिपल स्वास्थ्य चौकीलाइ ज्वरो नाप्ने १ थान थर्मल गन, १ सेट पिपिई, २०० थान मास्क ४ ओटा साबुन र २ वटा सेनिटाइजर सहयोग गरे ।

त्यस्तै कोल्पुटार हेल्प डेस्कलाई १ थान थर्मल गन, १ थान डिजिटल BP सेट, २०० थान मास्क, ग्लोभ्स, सेनिटाइजर लगायतका सामाग्री राहत व्यवस्थापन समिती दुईपिपललाई हेन नेपालका अध्यक्ष जगत लामा र सुकुमान मेमोरियल पोलिक्लिनिकका डा दिल बहादुर थोकरका साथमा मेडिकल टिमका गोकुल रोकायले प्रदान गरे ।

बेलकोटगढि नगरपालिकाको वडा ८ च्यान थुङ्गामा रहेको स्वास्थ्यचौकीलाई समेत सोही वडाका वडा अध्यक्ष भोज प्रसाद पुडासैनीको रोहवरमा विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । यस्तै तल्लो तिगाउ स्वास्थ्यचौकी, मदनपुर स्वास्थ्यचौकी, सुकुमान मेमोरियल पोलिक्लिनिकमा समेत सामाग्री प्रदान गरेको जानकारी दिदैँ लामाले नगरपालिकामा रहेका सबै स्वास्थ्य केन्द्रमा कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य समाग्री वितरण गरिने बताए ।

सहयोग वितरणमा सामाजिक दुरि कायम भएन
जिल्लाका विभिन्न स्थानमा स्थानीय तह संघ संस्था र व्यक्तिगत रुपमा राहत वितरण र सहयोग सामाग्री प्रदान गर्दा सामाजिक दुरी कायम भने नभएको पाइएको छ । राहत वितरण तथा सहयोग प्रदान गर्दा विभिन्न व्यक्तिहरु भेला हुने प्रचलन भने कायमै छ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट बच्न सामाजिक दुरी कायम राख्न तथा सरसफाईमा विशेष ध्यान दिन अपिल गरेको छ । राहत र सहयोग वितरणलाई मितव्ययी बनाउनुपर्नेमा सरोकारवालाको जोड छ ।








































