काठमाडौं ।
सरकारले लकडाउन थप १० दिन बढाएको छ । गत चैत ११ गतेदेखि जारी लकडाउन भोलि सकिनुपूर्व आज बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन लम्बाउने निर्णय गरेको हो । अब लकडाउन जेठ ५ गते सम्मलाई तोकिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर सरकारले समितिको सुझाव नकार्दै लकडाउन बढाएको हो । आजको मन्त्रिपरिषद् बैटकमा पनि प्रधानमन्त्रीओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहेालो र हरियो क्षेत्र छुट्याउने बेला नभएको बताएको एक मन्त्रीले जानकारी दिए ।
लकडाउनको आज ४४ दिन पुगेको छ । मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।








































