काठमाडौँ ।
संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगितात्मक कवि गोष्ठि सम्पन्न भएको छ । शुक्रबार प्रेस काउन्सिल नेपाल परिसरमा सम्पन्न गोष्ठिमा लक्ष्मी पौडेल प्रथम भएकी छन् । प्रेस काउन्सिल नेपाल विधागत पत्रकारिता विकास उपसमितिको आयोजनामा भएको गोष्ठिमा सम्झना पौडेल द्धित्तिय र विपुल पाण्डे तृतिय भएका छन् ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ हरेक व्यक्तिमा कविगुण रहने भन्दै समय समयमा आयोजना हुने साहित्यिक कार्यक्रमले व्यक्तिका अन्तरनिहित प्रतिभा प्रष्फुटन हुने बताए । उनले काउन्सिलको तर्फबाट साहित्यको प्रवद्धन र उन्नयनका लागि सहयोग रहने बताए ।
प्रतियोगितमा बरिष्ठ कवि एवं गीतकार भुपाल राई, डा. धनप्रसाद सुवेदी र कवि तथा पत्रकार ठाकुर बेलबासे निर्णायक रहेका थिए । विधागत पत्रकारिता विकास उपसमितिका संयोजक एवं प्रेस काउन्सिल नेपालका कार्यसमिति सदस्य चेतनाथ धमलाले प्रेस काउन्सिल सबै विधागत पत्रकारिताको अभिभावक संस्था भएकोले साहित्यविधाको पत्रकारिताको विकासका निम्ति पनि भूमिका निर्वाह हुनुपर्ने प्रष्ट पारे ।
कार्यक्रममा कवि ठाकुर बेल्वासे, दिनेश यादव, भुपाल राई, प्रेस काउन्सिलका का.वा. अध्यक्ष किशोर श्रेष्ठ, कार्यसमिति सदस्य खिल बहादुर भण्डारी, चेतनाथ धमला, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल र वितरण सम्परीक्षण समितिका अधिकृत रहमतुल्ला मियाँले पनि कविता वाचन गरेका थिए ।
कार्यक्रममा उप.प्र.अधिकृत रामशरण बोहरा, उप.प्र.अधिकृत राधेश्याम अधिकारी, लेखा अधिकृत सविता ढकाल, अधिकृत बिष्णु शर्मा लम्साल लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यो पनि पढ्नुस्
प्रतियोगितामा प्रथम भएको कविता








































