प्रधानमन्त्री केपि शर्मा ओली आजको पार्टी सचिवालय बैठकमा गएनन् । उनी उपस्थित हुने भनेर १ बजेको बैठक २ बजेलाई सारिएको थियो । आफ्नै सरकारी निवासमा भएको बैठकमा पनि एउटा अध्यक्ष उपस्थित नभएपछि बैठक केहीबेर मात्र बसेर सकिएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डसहितको सचिवालय बैठकले २० गते फेरि बस्ने निर्णय गरेको छ । आजको सचिवालयका कारण भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक पनि बस्न नसक्ने भएको छ ।
नेकपाको यसअघि बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक भोली र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गतेलाई बोलाएको थियो । आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अर्को बैठक २० गते बिहान ११ बजे र स्थायी कमिटी बैठक २१ गते बस्ने बताएका छन् ।
हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्काचर्की भएको थियो। नेकपा भित्र दुई अध्यक्षबीच बिवाद बढेको छ ।