देवकी न्यौपाने ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रुक्माङ्गत कटवाल ट्रष्टले शिक्षाक्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताउनुभएको छ । ट्रष्टको चौथो साधारण सभामा सम्बोधन गर्दै थापाले ट्रष्टले शिक्षाका लागि गरेको योगदानको उच्च मुल्यांकन हुनुपर्ने बताउनुभयाे । उहाँले आगामी दिनमा रुक्माङ्गत कटवाल ट्रष्टले अझै राम्रा काम गर्ने विश्वास व्यक्त गर्दै प्रगतिको कामना गर्नुभयो ।
राजधानीको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानन्यायधीस सुशीला कार्कीले ट्रष्टमार्फत रुक्माङगत कटवालले समाजलाई पुर्याउनुभएको सामाजिक कामको स्मरण गर्दै एउटा व्यक्तिले चाहे ठूलो काम गर्न सकिँदोरहेछ रहेछ भन्ने प्रमाणित भएकव बताउनुभयो । उहाँले सामाजिक कार्यमा ऐक्यवद्धता जनाउन सबैलाई आव्हान गर्दै आफूले भाषण गरी कमाएको रु. २५००० हजार ट्रष्टलाई प्रदान गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्व सचिव डा. रामकृष्ण तिमिल्सिना, पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै छात्रवृत्ति विवरण, आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
छात्रवृत्ति पाउने विद्यार्थीको तर्फबाट नेशनल ल कलेजमा बीएएलएलबिका लागि छात्रवृत्ति प्राप्त छात्रा सफलता विक, शिक्षकको तर्फबाट शिक्षाविद् एवं पूर्व सचिव डा. रामकृष्ण तिमिल्सिना, कार्यसमिति सदस्य एवं चर्चित कलाकार जितु नेपाल, वरिष्ठ कलाकार दीपाश्री निरौलालगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वरिष्ठ कलाकारहरुको प्रस्तुतीका साथ विद्यार्थी भाइबहिनीहरुले समेत आफ्नो सांगीतिक प्रस्तुती राखेका थिए । वि.सं. २०७१ सालमा स्थापित यस संस्थाले हालसम्म ११८ जनालाई छात्रवृत्ति प्रदान गरिसकेको र आगामी दिनमा समेत ग्रामीण भेगका स्कुल तथा कलेजमा अध्ययनरत भाइबहिनहिरुलाई छात्रवृत्तिमार्फत उच्च शिक्षा अध्ययनको क्रममा आर्थिक सहायता प्रदान गर्दै अघि बढ्ने रुक्माङ्गत कटवाल ट्रष्टका सचिव जगत कटवालले बताउनुभयो ।
संस्थाको पहलमा विगतमा दैवी विपत्तिमा सहयोग, राष्ट्रिय एकत र पर्वतारोहण, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा शिविरहरु समेत समय समयमा सञ्चालन गर्दै आइरहेको ट्रष्टका डा. राजेन्द्र केसीले बताउनुभयो ।