सेयर
नुवाकोटको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफूले चढ्दै आएको सरकारी गाडी सर्वसाधारणको सहजताका लागि भन्दै पालिकालाई जिम्मा लगाउनुभएको छ ।
कोरोना महामारीले आम नागरिकलाई उपचारका लागि आवत जावतमा समस्या परेको भन्दै आवश्यक परे एम्बुलेन्सको विकल्पमा समेत प्रयोग गर्न भन्दै खतिवडाले पिकअप गाडि पालिकालाई जिम्मा लगाउनुभएको हो । खतिवडाले आफूले प्रयोग गर्दै आएको प्रदेश नम्बर ३ ०२००६ ५१२३ नम्बरको पिकअप जनताको अप्ठ्यारोमा प्रयोग गर्न दिएको बताउनुभएको छ ।
उहाँले कोरोनाको संक्रमणदर बढेको भन्दै सबैलाई सुरक्षित रहन र समस्या परे तुरुन्त पालिका वा आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
shere this