सेयर
अस्ट्रेलिया, २९ जेठ ।

चीनको इस्टर्न एयरलाइन्सको विमानको इन्जिनमा प्वाल परेपछि सिड्नीमा आकश्मिक अवतरण गरिएको छ । अस्ट्रेलियाको सिड्नीबाट चीनको सांघाईका लागि उडेको फ्लाइट एमयु ७३६ विमानको इन्जिनमा प्वाल परेर समस्या देखिएपछि सिड्नीमै अवतरण गरिएको बिबिसीले जनाएको छ । विमानको इन्जिइनमा आएको समस्याबारे उडेको एकघण्टापछि मात्रै पाइलटले जानकारी गएका थिए । त्यसपछि विमान सिड्नी नै फर्काएर अवतरण गरिएको हो ।
विमानको भित्री भागमा केही जलेर गन्ध आएको यात्रुले बताएका छन् । विमानको सुरक्षित अवतरण गरिएको र कोही पनि घाइते नभएको खबरमा उल्लेख छ ।
shere this






































