नुवाकोटको बेलकोटगढी नगरपालिकाले सातौँ नगरसभाबाट बजेट पारित गरेको छ । नगर उपप्रमुख कविता ढुंगानाले कुल अनुमानित १ एक अर्ब १२ करोड ३१ लाख ५२ हजारको बजेट प्रस्तुत गरेकी हुन् । नगरसभाले सवृसम्मतिमा बजेट पास गरेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बेलकोटगढी नगरपालिकाले सामुहिक खेति गर्ने किसानलाई अनुदानस्वरुप ट्याक्टर खरिदमा ५० प्रतिशत बजेट दिने योजना ल्याएको छ ।
किसान लक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषि सहकारीको माध्यमबाट दुध बेच्ने किसान लाई प्रतिलिटर १ रुपैया अनुदान दिने भएको छ । यस्तै भैँसीपालक किसानले अब भैँसी सुत्केरी हुँदा २ हजार भत्ता पाउने भएका छन् ।
यस्तै कोरोना संक्रमणका कारण परिवारको कुनै एक सदस्यको मृत्यु भएमा परिवारलाई १ लाख र बुबा आमा बितेमा सन्तानलाई २ लाख बजेट सहयोग दिने घोषणा गरेको छ ।
जनयुद्धको समयमा राज्य र माओवादीपक्षबाट सहादत प्राप्त गर्ने सहिद परिवार र बेपत्ता परिवारका सदस्य लाई मासिक दुई हजार निर्वाह भत्ता दिने भएको छ ।
https://www.facebook.com/tvbargasatta/videos/309320904247786/