गणेश एसके ।
सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धी सम्झौता का विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारी ले कञ्चनपुरको ब्रह्मदेव मा विरोध प्रदर्शन गरेको छ । यस्तै कैलाली जिल्ला समितिले सुक्खडमा कार्यक्रम गरेको छ । अखिल क्रान्तिकारी केन्द्रिय समिति को नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यबाद,बदलिँदो राजनीतिक संकट,शैक्षिक विकृति लगायत विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर र कैलाली जिल्ला समितिले पनि बिहीबार सीमा अतिक्रमण, वैदेशिक हस्तक्षे र असमान सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।
कार्यक्रममा अखिल (क्रान्तिकारी ) का सेती महाकाली ब्यरो संयोजक तथा उक्त कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्र शाह ले सम्बोधन गर्दै वर्तमान विगतदेखि सत्तामा बस्ने शासक हरुले देशमा विभिन्न किसिमका देशको सार्वभौमीकता, राष्ट्रियता,स्वतन्त्रता लाई नै ओझेलमा पर्ने गरी देशलाई संकटमा पर्ने गरी समस्या निम्त्याएको जिकिर गर्नु भएको छ । विगतमा भएका असमान सन्धि सम्झौता, बढ्दो विदेशी चलखेल र त्यसले देशमा ल्याएको अस्थिर राजनीतिक संकट नेताहरुको मात्र नभई सिंगो राज्य व्यवस्थाको नै असफल अभ्यास भएको बताए ।
अहिलेको आवश्यकता भनेको यो दलाल संसदीय व्यवस्था अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । जुन समाजवादी व्यवस्था मा सबै किसिमका उत्पीडन, विभेद, असमानता , वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, असमान सन्धि सम्झौता लगायत सम्पूर्ण समस्याको अग्रगामी हल भएको र यो व्यवस्था बदल्नु बाहेक अरु विकल्प नभएको बताएका छन् । उक्त कार्यक्रममा गएका अभियानकर्मीहरुले सीमा नजिक अनुगमन गर्न जाँदा अप्ठ्यारो हुन्छ जान मिल्दैन भन्दै नेपाल प्रहरीले ठाडो हस्तक्षेप गरेको स्रोतले बताएका छन् ।
सँगसँगै कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा भएको कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष सुवास जोशीले बोल्दै राष्ट्रको हित विपरित भएका जो सुकै सन्धि सम्झौता खारेजी हुनु पर्ने माग बताए । वैदेशिक हस्तक्षेप र चलखेल यही पूँजीवादी व्यवस्थामा रोक्न सम्भव नभएको र यसका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने उनको भनाई थियो ।