लगातारको बर्षाका कारण बिग्रेका सडक मर्मत नभएपछि काठमाडौँदेखि नुवाकोटको दुईपिपलसम्म चल्ने बससेवा अनिश्चित कालका लागि बन्द भएको छ ।
लामो समयदेखि सेवा दिँदै आएको पासाङल्हामु बस सेवा समितिको दियाले ,दुइपिपल, काठमाडौँ सेवा बन्द गर्ने निर्णय गरेको हो । वर्षाले बिग्रेको बाटो त्यसमाथि जोखिमपुर्ण सडक मर्मतका लागि सरोकारवाला निकायले वेवास्ता गरेपछि सेवा नै बन्द गरिएको व्यवसायी तथा चालक सागर चालिसेले बताउनुभयो । पटक पटक वडा न ५/६ का अध्यक्षहरुलाइ सडक मर्मतका लागि अपिल गर्दा पनि सडक मर्मतमा ध्यान नदिएपछि बाध्यताले सेवा बन्द गर्नु परेको चालिसेले बताउनुभयो ।
सडक मर्मत गरी सुधार आए बससेवा फेरि सुरु हुने पासाङल्हामु बस सेवा समितिले जनाएको छ । सडक मर्मतमा सरोकारवालाको ध्यान नगएको भन्दै स्थानीय भने आक्रोशित भएका छन् ।
सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया

उता दोलखाको मेलुङ सडक खण्डको बिजोग भएपछि आक्रोशित स्थानीयले गाउँपालिकाका अध्यक्षको कठालो समातेका छन् ।
https://fb.watch/7H10T7LMtG/








































