सेयर
पोखराबाट दाङ तुलसीपुरका लागि यही असोज ६ गते साँझ ६ बजे छुटेको रात्रि बस भोलिपल्ट साँझ ६ बजे गन्तव्यमा पुगेको थियो । बढीमा सो स्थान पुग्न नौ घण्टा समय लाग्छ । २४ घण्टा समय गाडीमा बिताउनुपर्दाको पीडा यतिखेर उक्त सडकखण्डको नियति जस्तै बनेको पाइएको रुपा गाउँपालिका–७ का कालिदास सुवेदीले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग खण्डको धानखोलाको सडकमा पल्टिएको मालवाहक ट्रकले दुवैतर्पmको यातायात अवरुद्ध हुँदा आठ घण्टा जाममा परेको उहाँले गुनासो गर्नुभयो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने घोराही खण्डमा बारम्बार हुने जामका कारण सास्ती भोग्नु यतिखेर बाध्यता बनेको छ । यातायातका साधनको अत्यधिक चाप साँघुरो एवं जीर्ण सडकको कारण बारम्बार हुने जामले गर्दा सडक प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । गुड्दा गुड्दैका यातायातका साधान अचानक सडकमै दुर्घटना हुने र बिग्रँने गर्दा सडक अवरुद्ध भएपछि राजमार्गको दुवैतर्पm यात्रुवाहक तथा मालवाहकलगायत ठूला एवं साना यातायातका सयौँ साधनको लाम देख्दा यात्रुमा अत्यास लाग्ने गरेको छ । पश्चिमतर्फ जाँदै गरेको ना६ख ७९५७ नंको ट्रक असोज १० गते साँझ ६ बजे दाउन्नेको उकालोमा दुर्घटना भयो ।
सिसा बोकेर पश्चिम जाँदै गरेको सो ट्रक बाटोमा पल्टिएको हुँदा दुवैतर्फका यातायाताका साधन जाममा परे । सडकमा पल्टिएको सो गाडीको कारण प्रहरी, यात्री र स्थानीयको पहलमा सात घण्टापछि मात्र बाटो एकतर्फी खुला भयो सयौँका सङ्ख्यामा जाममा परेका सवारी साधन पूर्णरुपमा खुला हुनत एक दिन नै लागेको पर्वतका बस यात्रु खुम सुवेदी बताउनुभयो । यी त सामान्य उदाहरण मात्र हुन मुलुकभरिका ठूला वा साना राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रुले अहिले पनि यस्तै सास्ती भोग्न बाध्य छन् । सडक छेउमा दुर्घटनामा परेका र बिग्रेका यातायातका साधन देख्दा अधिकांश राजमार्ग ग्यारेजमा परिणत भएको जस्तो दृष्य देखिन थालेको सडक प्रयोगकर्ताको सामूहिक धारणा छ ।
गुड्दागुड्दैको मालवाहक ट्रक सडकमा पल्टिने र त्यसलाई तत्काल हटाएर सडक खुलाउने हाम्रो कुनै संयन्त्र नरहेको यस सडकखण्डमा यात्रा गर्नेको गुनासो छ । पोखराबाट दाङको तुलसीपुर यात्रु लिएर जाँदै गरेका ना६ख ९२४ बस चालक रामप्रसाद बञ्जाडेका अनुसार जताततै बाटो अवरुद्ध हुँदा यात्रुलाई समयमा गन्तव्य पुर्याउन नसकेको जनाउँदै अहिले पनि सडकमा हप्तौँ पहिले पल्टिएका र नयाँ बिग्रिएका गाडीका कारण घण्टौँ जाम हुने गरेको बताउनुभयो ।
यस वर्ष पानी बढी परेका कारण अधिकांश सडक जीर्ण अवस्थामा पुगेका छन्, अहिले पनि बाटोमा पहिरो झर्नेक्रम जारी छ कतिखेर के हुन्छ भन्न नसकिने बताउँदै उहाँले दुर्घटनामा परेका गाडी सडकबाट हटाउने र बिग्रेका गाडी मर्मत गरेर बन्द सडकलाई तत्काल खुलाउने व्यवस्था गर्न सके मात्र यात्रुलाई तोकिएका सयममा गन्तव्यमा पुर्याउन सकिने बताउनुभयो ।
रासस
shere this








































