प्रदिप नेपाल
नुवाकोटको देउरालीमा जारी चौथो अर्चले सेभेन ए साइट प्रतियोगितामा सोमबार क्वाटर फाइनल समिकरण पूरा भएको छ । सोमबार भएको खेलमा विजयी हुँदै आयोजक कन्चना देउराली युवा क्लव, लाउरेगाइज नलागाउँ, न्यू भिजन मादेफाँट र दि मालिका ए सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समाजकल्याणलाई ४-९ गोल अन्तरले पराजित गर्दै आयोजक कन्चना देउराली सेमिफाइनलमा पुगेको हो । यस्तै दि मालिका बिलाई ० का विरुद्व ३ गोलले पराजित गर्दै लाउरेगाइज नलागाउँ सेमिफाइनलमा पुगेको छ ।
सोमबारै भएको खेलमा चकमकेलाई हराउँदै न्यु भिजन मादेफाँट अघिल्लो चरणमा पुगेको छ । चकमकेले कुनै पनि गोल गर्न सकेन । मादेफाँटले ३ गोल गर्यो ।
यस्तै समाज कल्याण युवा समाजलाई १-० ले हराउदै दि मालिका ए सेमिफाइनल प्रवेश गर्यो । फाइनल प्रबेश का लागि भोलि दी मालिका A र न्यु भिजन युवा क्लब तथा कन्चना देउराली युवा क्लब र लाउरेगाइज नलागाउँ भिड्नेछन् । भोलि नै हुने फाइनल खेलमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालको उपस्थिति रहनेछ ।
लियो क्लव अफ नुवाकोट परोपकार र कञ्चना देउराली युवाक्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले खसी र नगद सहित ३० हजार बराबरको पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १० हजार नगद, मेडल र प्रमाणपत्र पाउने कञ्चना देउराली युवा क्लवका अध्यक्ष सन्तराम मोक्तानले जानकारी दिनुभयो ।