सेयर
काठमाडौँ ।
साहित्यकार खेम थपलियाद्धारा लिखित टेकु हिरासत पुस्तक प्रकाशित भएको छ । नेपाली प्राज्ञिक र बौद्धिक क्षेत्रमा क्रियाशील थपलिया क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपानिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको महासचिव समेत हुनुहुन्छ ।
पछिल्लो समय नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको अवधिमा लेखकले राजनीतिक आस्थाका आधारमा भोगेका चुनौतीहरुको अनुभूति संगालो हो ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तक १९७ पृष्ठको छ । पुस्तकको मूल्य ३ सय तोकिएको छ । लेखकले पुस्तकमा पार्टी प्रतिबन्धका बेला विभिन्न सन्दर्भमा लेखेका २७ वटा लेखहरु समावेश गर्नुभएको छ ।
shere this