सेयर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने स्वदेश फर्किनुभएको छ ।
अस्ट्रेलियामा चलिरहेको बीग बास लिग बीबीएल टी–२० क्रिकेटमा सहभागिता जनाएर सन्दीप गएराति स्वदेश फर्किनुभएको हो । त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रुपमा पहिलो सार्वजनिक अभिव्यक्ति दिदैँ सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
अघिल्लो महिना नेपाल क्रिकेट सङ्घ क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोटका लागि सन्दीप बीबीएल नसकिँदै स्वदेश फर्किनुभएको हो । मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले छनोटका लागि सन्दीपको कप्तानीमा टिम घोषणा गरिसक्नुभएको छ ।
shere this