–निभा शाह
उचेल जनयुद्धका मोर्चामा छुटे
रामसाइँलीका हातहरु
अचेल प्रचण्डपथ चिलगाडीका पखेटा हुन
रामसाइँलीका हातहरु।
उचेल जनयुद्धका मोर्चामा छुटे
रामसाइलीका खुट्टाहरु
अचेल प्रचण्डपथ बलेरोका पाङ्ग्रा हुन्
रामसाईलीका खुट्टाहरु।
उचेल जनयुद्धका मोर्चामा छुटे
रामसाइँलीका आँखाहरू
अचेल ब्याख्यात्मक टिप्पणीका हेडलाइट हुन्
रामसाइँलीका आँखाहरु।
अचेल जनयुद्ध स्मृति भ्युटावर चढ्ने
न रामसाइलीका हात रहे न खुट्टा रहे
न जनयुद्ध स्मृति भ्युटावर रोल्पा हेर्ने
रामसाइलीका आँखा रहे
न नै प्रचण्डले बोकेको
जनयुद्ध स्मृति भ्युटावर चढेर
प्रतिक्रान्ति हेर्ने
रामसाइँलीको कुनै सपना थियो ।
कमरेड रामसाइँली विश्वक्रान्तिको सपना बोकेर छापामार बनेकी थि
यो रामसाइँलीको आधा इतिहास हो।
रामसाइँलीको पूरा इतिहास
रामसाइँलीका बा मजदुर थिए
मजदुर रामसाइलीका बा
आफ्नो भुइँ छुने छानोबाट
कहिले मालिकका लागि आफ्नै हातले बनाएको
भ्युटावर भन्दा अग्ला आकाश छुने महलहरु हेर्थे
कहिले आफ्नै हातले बनाएको आफ्नो भुइँ छुने छाप्रो हेर्थे
कहिले छाप्रो कहिले महल हेर्ने
रामसाइँलीका बा एकदिन विद्रोही बने
रामसाइँली छापामार बनी।
छापामार रामसाइँलीलाई
एक हातमा मार्क्सवाद अर्को हातमा साम्राज्यवाद बोक्ने
प्रचण्डको जोकर नाँच आउँदैन थियो
छापामार रामसाइँलीले एक हातले बन्दुक
अर्को हातले रक्तक्रान्ति नै बोकी
रक्तक्रान्ति बोक्ने छापामार रामसाइँली
अचेल गमिरहन्छे
कमरेड हुनु भनेको
खरानी होइन
आगो हुनु रहेछ।









































