
डोल्पोबुद्ध गाउपालिकाको वडा नं. ४ स्थित पोल्दे स्वास्थ्य चौकी मतदान केन्द्रको मतगणना गर्दा अधिकारिक स्वास्तिक छाप नभएको र फरक मसी प्रयोग गरेको पाइएपछि गणना नै अबरुद्द भएको छ । माओवादी केन्द्रका प्रतिनिनिधीहरुले उक्त मतदान केन्द्रमा पुनः निर्वाचन हुनुपर्ने बताउदै मतगणना प्रक्रिया अवरुद्ध गरेका छन् ।
बैशाख ३० गते भएको निर्वाचनको बेलामा पनि माओवादीका प्रतिनिधिलाई बन्धक बनाएकाले चुनावमा धाँधली भएको भन्दै पोल्दे स्वास्थ्य चौकी मतदान केन्द्रका सम्पूर्ण मतपत्रहरू बदर गर्न र पुनः निर्वाचन गराउनुपर्ने माओवादी केन्द्रको अडान छ ।
अहिले उक्त वडाको मतगणना स्थगित भएको छ । जबरजस्ती मत गणना गरे माओवादी केन्द्रले बहिष्कार गर्ने चेतावनी दिएको छ । यसैगरी डोल्पो बुद्ध गाउँपालिकाको वडा नं. ५ र ६ मा पनि धाँधली भएको भन्दै माओवादी केन्द्रले पुनः मतदानको माग गरेको छ ।
वडा १ र ३ को मत गणना हुँदा दुवै वडामा माओवादीले विजय प्राप्त गरेको छ भने डोल्पा बुद्ध गाउपालिकामा रहेको ६ वटा वडाहरूमध्ये ४ वटा वडाहरूमा डोल्पाको सांसद धनबहादुर बुढाले पैसा र शक्तिको दुरुपयोग गरेर निर्विरोध गराएको माओवादीको आरोप छ ।