
संघीय सांसद हितबहादुर तामाङले असार २४ गतेको बाढी र पहिरोले नुवाकोट जिल्लाभरका सडकहरु भत्किएका र बत्तिका पोलहरु ढलेर यातायात तथा बिजुली एवम् सञ्चार अवरुद्ध भएकोले त्यसलाई तत्काल पुन: सञ्चालनमा ल्याउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्नु हुँदै सांसद तामाङले बाढी र पहिरोले बगाएको खेतबारी र बालीको क्षतिपूर्तिको व्यवस्था गर्न र अभावग्रस्त घर परिवारलाई राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।
त्यस्तै बस्ती स्थानन्तरण गर्नुपर्ने, भूगर्भशास्त्री खटाएर बस्ती निरीक्षण गरी बस्न योग्य अयोग्य निधो गर्नुपर्ने, जोखिम न्युनिकरणका लागि आवश्यक योजना तथा कार्यक्रम निर्माण गर्न र पुनर्निर्माण कार्यक्रम बनाउन पनि उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
https://www.facebook.com/watch/?v=444825550898412








































