सेयर
काठमाडौँ ।
निर्माता सुशील पङ्गेनीले गायक भगवान भण्डारी स्वर, शब्द संगीत र लयमा नयाँ लोकगीत बजारमा ल्याएका छन् । ‘मैले हारेँ अर्कैले जित्यो’ बोलको गीतमा निर्देशन शंकर विसीको रहेको छ । जुजु गुरुङको म्युजिक एरेन्जीङ, खडक बाजुरालीको ध्वनी मिश्रण र गोविन्द पराजुलीको रेकडिस्ट रहेको छ ।
मायाप्रेमको कथामा आधारित लोकगीतमा माया छुटेका कारण हार्नुपरेको र अर्कैले जितेको भाव देखाइएको छ । भगवान भण्डारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सुशिल पङ्गेनी, माधवी भण्डारी र सागर घिमिरेको अभिनय रहेको छ । निर्माता पङ्गेनी र गायक भण्डारी हाल अमेरिकामा बस्छन् । दशकौँदेखि नेपाली लोक संगीत क्षेत्रमा सक्रिय गायक भण्डारी लोकप्रिय गायक हुन् ।
भिडियो
shere this








































