नुवाकोट ।
बेलकोटगढी नगरपालिका दुइपिपल दाहालथोककी गायत्री दाहालले नुवाकोट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । २०५६ सालदेखि सामाजिक क्षेत्रमा सक्रिय दाहालले क्षेत्र नम्बर २ बाट संघीय सांसदको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
दाहालले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘अबको मेरो स्वतन्त्र उम्मेदवारी पनि त्यही गरिब परिवारको जीवन परिवर्तनका लागि हो । सडकको आवाज सदनमा पुर्याउनु नै मेरो उम्मेदवारी हो । क्यान्सरसरी फ़ैलिएको भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता गर्दै यो स्वतन्त्र उम्मेदवारी दिएकी हुँ ।’
उहाँले राजनीतिलाई पेसा होइन सेवाको रुपले लिनुपर्ने भन्दै परम्परागत राजनीति प्रणालीलाई अन्त्य गर्दै विचारको राजनीति गर्ने सबैसँग साथ र सहयोगको अपेक्षा गर्दै नुवाकोट क्षेत्र नम्बर २ को संघीय प्रतिनिधिको उम्मेदवारी दिने घोषणा गरेको उल्लेख गर्नुभएको छ ।








































