विनोद दाहाल

विनोद दाहाल
क्रान्तिकारि र सुधारवादी २ खालका पत्रकार कम्युनिस्ट आन्दोलनमा देखिएका छन् । प्रतिक्रियावादी पत्रकार भन्दा छुट्टै पहिचान देखाउनु उनीहरुको लागि चुनौति बनेको छ । सुधारवादी र क्रान्तिकारिबीचको परिचय र पहिचान पनि फरक हुन्छ भन्ने जानकारिको अभाव आम रुपमा देखिएको छ । क्रान्तिकारि र जनपक्षीय कामकारवाहीबाट आफ्नो परिचय स्थिापित गर्न नसक्नेहरु पनि आफूलाई क्रान्तिकारि पत्रकार भन्न पुगेका छन् । क्रान्तिकारि पत्रकार भन्नेहरु अधिकांश नै आफैमा रुमल्लिएका छन् । त्यसै कारणले आफ्नालाई बैचारिक रुपमा एकतृत गर्न सकिरहेका छैनन् । क्रान्तिकारि नेतृत्वहरु नै अक्षम देखिएका छन्, बाह्य प्रभावबाट मात्र आफ्नो अराजक गुट बनाउन मात्र सफल देखिएका छन् ।
क्रान्तिकारि पार्टीमा आबद्ध हुनेहरु क्रान्तिकारि र सुधारवादी वा बामपन्थी पार्टीमा आबद्धहुनेहरु सुधारवादी पत्रकार भनेर बुझ्दा सहि हुन्छ ।
नेपालमा कम्युनिस्ट नामका पार्टीहरु धेरै छन् तर ती सबै क्रान्तिकारि हैनन् । उनीहरुले आफूलाई कम्युनिस्ट नाम राखेर जनतालाई झुक्याइरहेका छन् । पत्रकार संगठनहरुले पनि त्यसै गरिरहेका छन् ।
बिडम्बना चाहिं के छ भने कम्युनिस्ट नामका ती सुधारवादी पार्टीहरु उनीहरुको पार्टीलाई सबै जनताको पार्टी बताउँछन् । ती पार्टीमा आबद्ध पत्रकार संगठनहरु पनि आफूलाई निवर्गीय सोच र चिन्तनको झैं व्यवहार देखाउछन् ।
क्रान्तिकारि हुन निश्चय पनि केही सर्तहरु हुन्छन् । कम्युनिस्ट पार्टीले आफूलाई क्रान्तिकारि बनाउन क्रान्तिकारि नीति, सिद्धान्त र मार्गदर्शन अपनाउनु पर्छ । अहिलेको सापेक्षतामा विश्वमा कुनै पनि पार्टी क्रान्तिकारि हुन मालेमावादको मार्ग दर्शनलाई आत्मसात गरेको हुनुपर्छ । सत्ता र सेना निर्माण लामो समयको अभ्यासबाट मात्र निर्माण हुने बिषय भएकाले दीर्घकालिन जनयुद्धको बाटोमा हिंड्ने प्रतिबद्धता हुनु पर्छ । वर्गसंघर्ष सञ्चालन हुँदा गृहयुद्धले पुँजी निर्माणमा समस्या ल्याउने र वाह्य पुँजी बिस्थापित हुने हुनाले पुँजी निर्माणको एउटा अवधि पार नगरि समाजवादमा पुग्न सकिन्न भन्ने तथ्यलाई स्वीकारेर क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवाद नै हुन्छ भन्ने मान्यतामा रहनु पर्छ । यस्तो पार्टी मात्र क्रान्तिकारि पार्टी कम्युनिस्ट पार्टी हुने भएकोले त्यो पार्टी निर्माण अहिलेको आवश्यकता हो । क्रान्तिकारि पत्रकार संगठन पनि त्यस्तो पार्टी अन्तर्गत मात्र रहन सक्छ । नत्र त सुधारवादले गाँजीएर पार्टीलाई प्रभावित पार्न पुग्ने गर्दछन् ।
पत्रकार मित्रहरु प्हिला आफ्नो पार्टीको नीतिगत सवालमा छलफल अगाडि बढाऊ । नीतिमा फरकपना नभएपछि झुण्ड मात्र बनाएर बिद्रोहको वा सत्ता ताबेदारिका गफ दिएर क्रान्ति बिरोधि तत्वहरुलाई रमिता देखाउनुको कुनै अर्थ रहने छैन । पत्रकार केवल खबर उत्पादन गर्ने र प्रचार गर्ने मात्र हैन, पार्टीको लाईन सोझ्याउने अभिकर्ता पनि हुन् । निर्बर्गीय दावी गरिएको महासंघको प्रभावबाट मुक्त नभै क्रान्तिकारि पत्रकार बन्न सकिन्न भन्ने पनि ख्याल राख्नु जरुरी छ ।
बक्तव्यवाजी र गुटगत प्रभावले पार्टीका नेतृत्वलाई बिभाजित अवस्थामा देखाएर भ्रम श्रृजना गर्ने वर्ग बैरिको चालबाजीबाट बचेर राजनीति गर्नुे कार्य कठिन छ भन्ने कुरा पनि ख्याल गर्नु जरुरी छ ।
समाज वर्गीय छ, पत्रकारहरु कतातिर लाग्ने हो ? देशी—विदेशी प्रतिक्रियावादीहरुले षड्यन्त्रको जालो फैलाएर पत्रकारको साझा संगठनको रुपमा महासंघ बनाई दिएका छन् । महासंघ निर्वर्गीय छ भन्ने भ्रममा पारेका छन् । जनपक्षीय भनिएका कतिपय संगठनहरु र पत्रकारहरु पनि त्यही सोचका साथ महासंघमा आबद्ध छन् । प्रतिक्रियावादीका षड्यन्त्र चिर्न र उनीहरुसँग सम्बन्ध बिच्छेद गर्न जनपक्षीय पत्रकारहरु अघि सर्नुपर्छ र प्रतिक्रियावादीको भण्डाफोरमा लाग्नुपर्छ । क्रान्तिकारि भनिएका पत्रकारहरुको त्यो शाहस छ ? त्यसो नगरि क्रान्तिकारिले आफ्नो अस्तित्व रक्षा गर्न मुस्किल पर्छ ।
क्रान्तिकारि पत्रकारको क्रान्तिमा मिडिया मोर्चाको जिम्मेवारि लिने शाहस छ कि छैन ? पटकपटक पार्टीले त्यो मोर्चा सम्हाल्न जिम्मेवारि दिंदा पन्छिएको समाचारमा कत्तिको सत्यता छ ? महासंघका सेवा तथा सुविधाका लागि संगठन प्रयोग गरिएको त हैन भनेर नेतृत्वले शंका गर्दा आफूले पनि सोच्ने प्रयास गरेको छ कि छैन ? जनक्रान्तिमा प्रचार सेनाको भूमिका खेल्ने जिम्मेवारिबाट पन्छिएर कोही पनि क्रान्तिकारि बन्न सक्दैनन् । क्रान्तिकारि पत्रकारले पार्टीदेखि आफूसम्मको सोचाईलाई फराकिलो बनाउनु पर्छ । हुख्यतः आफ्नो क्रान्तिकारि दायित्वलाई कहिल्यै भुल्नु हुँदैन ।
पहिलेका कैयौं जनपक्षीय र क्रान्तिकारि पत्रकारहरु अहिले नवप्रतिक्रियावादी बनेका छन् । लक्ष्य र उदेश्य हराएपछि स्वतः क्रान्तिकारिहरु उल्टो प्रतिक्रियावादमा रुपान्तरण हुन्छन् । यसतर्फ पनि सोचबिचर गर्न क्रान्तिकारिहरु तयार हुनु पर्दछ । क्रान्तिकारिहरु धागो छिनेको चङ्गा झैं हुने स्थिति नआवस् । पहिलो सवाल राजनीतिक मोर्चामा आफूलाई फर्काउने स्थितिमा जानु र उदेश्यप्रयत्नतिर लानु बुद्धिमानी हुन्छ ।
क्रान्तिकारि पत्रकारहरुले बिर्सनै नहुने पक्ष के छ भने नेपालमा १० वर्षसम्म भीषण जनयुद्ध भयो । त्यतिबेला हजारौं—लाखौं हिंश्रक घटनाहरु घटे । ती घटनाहरु वर्ग सापेक्षित थिए, केही गल्ती वा बिराएका घटना पाए एक अर्काले तीललाई पहाड बनाएर प्रचार गरे । त्यतिबेला क्रान्तिकारि अर्थात जनपक्षीय पत्रकारहरुले आफूलाई कुशल बनाए अर्थात लाल र निपूर्ण सिद्ध गरे । जनयुद्ध शुरु गर्दा शोषक वर्गसंग सबै थोक थियो । उनीहरुले समाजमा पुरै सत्ता कब्जामा लिएको बेला थियो । शोषित वर्गसित केही पनि थिएन । थियो त केवल क्रान्तिकारि राजनीतिक पार्टी । मिडियामा पुरै शोषक वर्गको कब्जा भएकोले शोषित वर्गको पक्षबाट घटेका नीति बिपरितका घटनाहरु आफ्नो सापेक्षतामा तिललाई पहाड बनाउने वा नीतिगत र सफल घटनाहरु सबै लुकाउने गर्दथे । शोषित वर्ग अर्थात माओवादीको मिडियामा पहुँच नभएकोले त्यसै गर्न सक्दैनथे । त्यसै कारण गल्ती हुन नदिन माओवादीले फलामे अनुशासनमा नेता तथा कार्यकर्ताहरुलाई राखेको थियो । पत्रकारहरु पनि त्यही भूमिकामा थिए । शोषक वर्ग वा राज्यपक्षको भने अनुशासन त्यतिबेला झन् कमजोर भएर सशस्त्र हतियारधारिहरुले अनगिन्ती अपराधहरु गरे । जनपक्षिय पत्रकारहरुले निक्कै जोखिम मोल्दै त्यसको भण्डाफोर निरन्तर गरिरहे । माओवादी पक्षबाट अञ्जान वा भुलवस केही घटनाहरु भए । त्यसको बचाउ गर्ने कार्य पनि पत्रकारले कुशलतापूर्वक गरेका थिए । ती घटनाहरुमा माओवादीले सम्बन्धित पक्षसँग माफी माग्दै आइन्दा त्यस्ता भुल नगर्ने वाचाहरु गरे । त्यसलाई जनताबीचमा पु¥याउने कार्यमा क्रान्तिकारि पत्रकार सक्षम भए । राज्य पक्षले भने त्यसो गरेन, बरु झन् अपराधमाथि अर्को अपराधका श्रृङ्खलाहरु बढाउँदै लगे । उनीहरुका पत्रकारहरु निरिह जस्तै भए, अत्यन्त कमजोर । पत्रकारलाई त्यस्तो बनाउने मुख्यतः पुलिस र त्यसपछि शाही सेनाहरु थिए । जनताको सामुहिक कत्लेआम, गैरकानुनी अपहरण तथा बेपत्ता, गैरकानुनी सैनिक थुनामा राख्ने र यातना दिंदै हत्या गर्ने, सामुहिक बलत्कार र हत्या सत्तासिन भिजिलान्ते, पुलिस र शाहीसेनाबाट यस्तो खालका बर्बर शासन भयो । प्रतिक्रियावादी पत्रकारहरु पनि क्रान्तिकारिको सहायताबाट बस्तुवादी र तथ्यपरक खबरको आशगर्न थालेका थिए । उनीहरु पनि पुलिस र सेनाको शिकार भए तर यसमा पुलिस र सेनाले कहिल्यै माफी मागेनन् र स्वीकारेनन् पनि ।
अहिले पनि तिनै सेना, तिनै पुलिस र तिनै भिजिलान्ते राजनीतिक आडमा रहेका अपराधी भिजिलान्ते समाजमा बग्रेल्ती छन् । क्रान्तिकारि पत्रकारको दायित्व पनि उस्तै छ । क्रान्तिकारि पत्रकारको लागि त्यो बेलाको नेकपा (माओवादी) अहिले पनि खाँचो छ । प्रतिक्रियावादी तत्वहरुले माफी पाउनु हुन्न । यो नै अहिले समयको पनि माग हो । पत्रकारले यो कुरालाई बुझ्नु जरुरी छ ।