पप्पु अर्थात पप्पुहरू !
***********
बलराम तिमल्सिन
अहँ सरकारको अनुहार
पटक्कै पप्पुजस्तो छैन
वरु ठ्याक्कै सरकारजस्तै छन-
पप्पु अर्थात पप्पुहरू !
सरकारको चरित्र पनि
आफ्नै खालको छ हुनलाई
वरु यौटा विडम्वना छ-
तर ठ्याक्कै सरकारकै चरित्रका छन्
पप्पु अर्थात पप्पुहरू !
आनी बानी
सिल स्वभाव
भाव भङ्गिमा
स्वभाव आचरण
सरकारको आफ्नै मौलिक छ
पौराणिक छ , सनातन छ
तर हुबहु नक्कल गर्न
कसरी शानदार रुपमा सफल भए
पप्पु अर्थात पप्पुहरू ?
सरकार कैलै पप्पुजस्तो हुन खोज्नु भएन
वरु पप्पुहरूले नै सरकारको नक्कल गरे
सरकारको नक्कल गर्दा
ठग होइएला
लुटेरा होइएला
गैह्र जिम्मेवार र विश्वासघाती होइएला
यस्तो कैलै सोचेनन् पप्पुहरूले !
सरकार सवैभन्दा माथि छ
सरकार सवैभन्दा महान छ
सवैभन्दा सामाजिक र नैतिक छ
यस्तै सोचेर अनुकरण गर्दा
विचरा पप्पुहरू वदनाम भए !
सरकार जस्तो छ
यो त उसको प्राकृतिक आचरण हो
वरु कसरी सरकारजस्तै बन्न
शानदार तरिकाले सफल भए
पप्पु अर्थात पप्पुहरू ?
२०७५|०६|०८
ढल्को