रमिन मजहिरा
‘घृणा नभएको मान्छेले निर्मम शत्रुमाथि विजय हासिल गर्नसक्दैन’ – चे ग्वेभारा
इराकी भूमिमा कासिम सोलेमनीको हत्याले धेरै नयाँकुरा जन्माउनेछ । संसारभरि अमेरिकाप्रति असन्तोष र घृणा त अहिले नै डढेलोसरि फैलिसकेको छ । आज पूरा संसारको एउटै बुझाइ बनेको छ– अमेरिकाले युद्ध अपराध गरेको छ । इरानको प्रजातान्त्रिक र जनप्रिय क्रान्ति उल्टाउनु वाशिङ्टनको रक्तपिपासु लक्ष्य हो । इरानी क्रान्तिमा प्रतिगमन गरेर वाशिङ्टन कहिल्यै प्यास नमेटिने आफ्नो नवउदारवादी लोभ पूरा गर्न चाहन्छ । त्यही लक्ष्य फत्ते गर्न ऊ निर्मम अनैतिकतामा उत्रेको छ । उसको यस्तो अनैतिक व्यवहार सम्झेर संसारले आज विद्युत्तीय झट्का अनुभव गरेको छ । साता दिन बिरामी हुनुको पीडाभन्दा डाक्टरले लगाउने सुईको घोचाइ अझ पीडादायी हुन्छ भनेजस्तै भएको छ–संसारलाई ।
यो कायरतापूर्ण, अवैधानिक, अमानवीय अपराधको चर्को प्रतिरोध हुने नै छ । यस्तो नग्न हमलाले सर्वसाधारण अमेरिकी जनतालाई केही पनि लाभ हुने छैन । यो सब संरा अमेरिकी शासक वर्गको हितमा हँुदै छ । सोलेमनीको वास्तविक विरासत ऐतिहासिक रूपमा बुझ्न हामीले केही समय कुर्नैपर्ने छ । सोलेमनी मुस्लिम चे ग्वेभारा थिए । सोलेमनी ‘इरानी चे ग्वेभारा’ मात्र थिएनन् किनभने चे ग्वेभाराका आदर्शलाई ख्याल गर्दा त्यसो भन्नु अपुग हुने छ । चे ग्वेभारा अर्जेन्टिनामा जन्मेका थिए । चेलेजस्तै सोलेमनीले पनि अमेरिकी साम्राज्यवादविरुद्ध लड्न जीवनका धेरै वर्ष विभिन्न देशमा बिताए । अनि आफ्नो अन्तिम श्वास विदेशी भूमिमा लिए । यो अन्तर्राष्ट्रिय भ्रातृत्वको एउटा उदाहरण हो ।चे ग्वेभारा अर्जेन्टिनामा जन्मी क्युवाली क्रान्तिमा लड्ने अन्तर्राष्ट्रवादी क्रान्तिकारी हुन् ।
इरानी क्रान्तिको आदर्शका आधारमा सोलेमनीको विरासतलाई ‘इरानी चे ग्वेभारा’ सम्म मात्र सीमित राख्नु उचित हुँदैन । सोलेमनीको हत्याले संसारलाई इरानले पटक–पटक गैर–इरानीको लागि आफ्नो समय, पैसा, रगत, प्रेम र जीवन नै त्यागेको स्मरण गराएको छ । प्रगतिशील राजनीतिक अन्तराष्ट्रवादकै लागि उसले यो सब त्याग गरेको हो । सन् २०१९ मा साम्राज्यवादविरोधी सङ्घर्षमा इरान झन्डै एक्लै पनि लड्यो । चे ग्वेभाराको हत्या सन् १९६७ को अक्टोबरमा बोलिभियामा भयो । चे मारिँदा उनको समूहमा पेरुभियाली, अर्जेन्टिनाली, क्युवाली, बोलिभियाली र दुई जना युरोपेली समेत थिए । उनको त्यो समूह अन्तर्राष्ट्रिय समूह थियो । इराक र सिरियामा सोलेमनीको उपस्थिति नहुँदो हो त आज ती देशहरू पूर्णतः साम्राज्यवादको प्रभावमा हुन्थे । सम्भवतः लेवनान पनि बाँकी रहने थिएन । इरानी क्रान्ति क्युवाली क्रान्तिजस्तै अन्तर्राष्ट्रिय आकार र प्रभाव पार्नसक्ने क्रान्ति हो । चे ग्वेभारा पनि क्युवाली क्रान्ति गर्ने र रक्षा गर्ने दस्ताका सदस्य थिए । इरानका आलोचकहरू इरानले सबै मुसलमानहरूलाई सिया सम्प्रदायमा बदल्न खोजेको र इरानको कानुन नै संसारको कानुन बनाउन खोजेको भनी प्रचार गर्छन् । तर, त्यो सबै पश्चिमा साम्राज्यवादीहरूको झूटा प्रचारबाजी मात्र हो । इरानको प्रगतिशील लक्ष्य भनेको नियन्त्रण गर्ने होइन, जनताको मुक्ति गर्ने हो । जनतालाई शक्तिशाली बनाउने हो । सोलेमनी गत जनवरी ३ मा अमेरिकी ड्रोन हमलामा परी निधन भएका इरानी उच्च सैनिक अधिकारी हुन् ।
केही पश्चिमाहरूले चे ग्वेभाराको प्रमुख लक्ष्य बुझेका छन् । चेको आदर्श अन्र्तराष्ट्रवाद हो । त्यो भनेको चेको सन्दर्भमा ल्याटिन अमेरिकी राष्ट्रवाद थियो । चेको सपना सिमोन बोलिभारको जस्तो थियो । क्युवाका जोसे मार्टी र चिली, निकारागुआका राष्ट्रनायकहरूको जस्तो थियो । जसले साम्राज्यवादविरोधी सङ्घर्षलाई ऐतिहासिक सत्यको रूपमा बुझेका हुन्छन्, उनीहरूले इरानका सोलेमनीको ‘मुसलमान विश्व राष्ट्रवाद’ र चेको अन्तराष्ट्रवादबीच केही समानता भेटाउँछन् । धर्म भन्नासाथ नकारात्मक सोच राख्ने, केही काम नलाग्ने किचकिचे र इरानविरोधी तथा इस्लामविरोधीहरूले मात्र यी दुईबीच कुनै समानता देख्दैनन् ।
अरबौँ मानिसको अघि केही त्यस्ता मान्छे आँखा देख्दैनन् भने केही फरक पर्दैन । चे ग्वेभारालाई आफ्नो समयका केही वामपन्थी र क्रान्तिकारीहरूले रुचाएका थिएनन् । तत्कालीन सोभियत सङ्घले चेको विरोध गरेको थियो । चे वाशिङ्टनका कडा विरोधी थिए । थोरै मानिसले मात्र यो कुरा सम्झेका छन् । सोलेमनीको सन्दर्भमा पनि त्यस्तै भएको छ । आजको इरान जस्तै चे ग्वेभारा पनि चिनियाँ दृष्टिकोणप्रति सकारात्मक थिए ।युरोपेलीहरूले जस्तै मस्कोले पनि पश्चिमा साम्राज्यवादविरुद्धको लडाइँमा आफ्नै मात्र नेतृत्व हुनुपर्ने र आफूले बनाएको रणनीतिमात्र प्रयोग हुनुपर्ने मान्यता राख्थे । अर्को शब्दमा सोभियत सङ्घ ‘मुक्त’ भइसकेकोले अब कसैले पनि विदेशी साम्राज्यवाद विरुद्ध लड्न हतियार उठाउन नपर्ने सोभियत सङ्घले नै लडिदिने सोचाइ सोभियत नेतृत्वको थियो । हुन त चे ग्वेभाराको हत्या भएको समयमा सोभियत सङ्घ उनले निकै आदर गर्ने फासीवाद विरोधी ‘ड्याडी स्तालिन’ को नेतृत्वमा थिएन । सोभियत सङ्घ खु्रश्चेभ, ब्रेझनेभ र आखिरमा गोर्भाचोभको नेतृत्वमा गइसकेको थियो । त्यत्तिबेलासम्म सोभियत सङ्घ कुहिसकेको थियो । भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको थियो । अन्तर्राष्ट्रिय साम्राज्यवादविरोधी सङ्घर्षमा सोभियत सङ्घले समर्थन गर्न छोडिसकेको थियो । अन्ततः सोभियत सङ्घ योजनाबद्ध ढंले ध्वस्त भयो ।
किन उनीहरूले सोलेमनीको पनि हत्या गरे । के उनी अमेरिकाले सन् २००३ ताका प्रयोग गर्ने गरेको शब्दजस्तै ‘इस्लामिक फासीवादी’ थिए । वाशिङ्टन न निःसन्देह फासीवादी थियो । तर, मुसलमान भएकैले सोलेमनीलाई हत्या गर्न वाशिङ्टन त्यत्ति पनि मुसलमानसँग डराउने
(इस्लामोफोबिक) होइन । पश्चिमा र संसारका वामपन्थी समूहले पनि एक दिन यो कुरा बुझ्नेमा म आशावादी छु ।
चेको हत्या गरियो किनभने उनी ‘धेरै वटा भियतनाम’ बनाउन चाहन्थे । अब सिरिया र इराकमा धेरै सडकको नाम सोलेमनीको नाममा राखिने छ । यदि केही अरब देशले सहयोग गरे प्यालेस्टाइनमा पनि त्यस्तो नाम सुनिने छ । सोलेमनी पक्कै सफल हुने छन् ।
तर, इराकमाथि हमला, नाकाबन्दी, पुनःहमला र कब्जाले पश्चिमालाई कहिल्यै पनि भियतनाममा हमला हुँदाजस्तो गरी छोएन । किन रु यसको एउटै कारण भनेको पश्चिमा संसारमा व्याप्त मुसलमानप्रतिको घृणा हो । तर, यता इराकी माथिको अन्यायले सोलेमनी जस्तै इरानीलाई भने छोएको थियो ।
के चे ग्वेभारा सफल थिए ? उनी बोलिभियामा असफल भए, क·ोमा असफल भए । तर, क्युवा ‘अमेरिकाकै पहिलो स्वतन्त्र देश’ बन्यो । धेरैले क्युवालाई अमेरिकामा एउटैमात्र स्वतन्त्र देश पनि भन्ने गर्छन् । ल्याटिन अमेरिकी वृत्त बाहिरको अ·ोलामा क्युवा कसरी लडेको थियो, कमैलाई मात्र थाहा छ । अ·ोला पश्चिमा साम्राज्यवादकै सबभन्दा पछौटे देश पोर्चुगलबाट उपनिवेश हुने दुर्भाग्य भोगेको थियो । अनि कसरी क्युवाको स्वतन्त्रताले दक्षिण अफ्रिकामा र·भेदविरुद्ध सफलता पाएको थियो । हो, त्यसकारण चे सफल थिए ।
पश्चिमा संसारमा चे पैसा कमाउने सबभन्दा सफल बाटो बनेको छ । चेको मुखाकृति छापेर उनीहरू विभिन्न सामान बेच्छन् । तर, चेको विचारलाई भने उनीहरू या त स्मरण गर्दैनन् नभए हाँसोमा उडाउँछन् । पश्चिमको लागि चे भनेको रोमान्सका प्रतीक हुन्, रिभोल्युसन (क्रान्ति) को प्रतीक होइन । राजनीति र नैतिकताको प्रतीक होइन । त्यही कारण यो लेखमा सोलेमनीलाई ऐतिहासिक सन्दर्भमा राख्ने विश्लेषण गर्न खोजिएको छ ।
सोलेमनीको हत्यालाई अन्तिम हत्या मान्नेहरूले सोच्नुपर्छ–चे ग्वेभाराको हत्या पहिलो थियो । त्यसपछि सुकार्नो, एनक्रुमा, बेन बेल्ला, मार्टिन लुथर किङ र रोबर्ट केन्नेडीको पनि हत्या भएको थियो ।सोलेमनीको हत्यासँगै इरानी क्रान्ति विघटन हुनेमा म कति पनि विश्वास गर्न सक्तिनँ । यसमा मलाई पटक्कै विश्वास छैन । म उनको बलिदान र उपलब्धिप्रति सम्मान गर्छु । जनताको क्रान्तिको विचार एकै जना व्यक्तिमा निर्भर हुनसक्दैन । एकै जना व्यक्तिको विचारमा निर्भर त खासमा क्रान्ति नै होइन । त्यो त पश्चिमा पुँजीवादी साम्राज्यवादी ‘एक व्यक्तिको महान प्रस्तुति’ (ग्रेट म्यानिज्म) हो । माक्रों, रोडेसिया, लुइस चौधौँ र अहिलेका ट्रम्पमात्र त्यसका हुनसक्छन् । एउटा सफल क्रान्तिकारी संस्कृतिले एउटा प्रणाली विकास गर्छ जसले क्रान्तिको अन्तिम सफलतासम्म एकपछि अर्को पुस्ताका नैतिक र सफल नेताहरू तयार गरेको हुन्छ । इरानमा सफल क्रान्तिको चालीस वर्ष लामो इतिहास छ । आजको दुःखद दिनबीच पनि भविष्यप्रति उनीहरूको विश्वास न्यायपूर्ण छ ।
यदि इरानी जनताले आफ्नो क्रान्तिलाई रोमान्सको रूपमा लिए, करोडौँ इरानी जनताको खस्कँदो जीवन अनि घृणा र निर्ममताबाट जोगिन बिना कुनै पुरस्कारको आशा क्रान्तिको लागि आवश्यक बलिदानको निम्ति तयार इरानी जनता नभए क्रान्ति असफल हुने छ । फ्रान्समा हेर्नोस् त, फ्रान्सेलीहरू हरेक वर्ष बास्टली दिवस मान्छन् । तर, उनीहरू त्यो क्रान्ति दिवस रोमान्समा बिताउँछन् ।
जो मान्छे इरान बाहिरका मानिसलाई इरानी क्रान्ति विश्वव्यापी र क्षेत्रीयरूपमा आवश्यक नभएको सोच्छन्, उनीहरूले इराकी, सिरियाली वा प्यालेस्टाइनीलाई गएर सोध्दा हुन्छ । उनीहरू के यो कुरामा सहमत छन् ? अरु देशहरू त इरानी क्रान्तिको बाटोमा क्रमशः आउलान् । म यतिबेला भने विशेषतः इस्लामिक संस्कृति भएका देशजस्तै इजिप्ट, मोरोक्को र अरबियामा यो क्रान्तिको सख्त आवश्यकता भएको महसुस गर्दै छु । एक दिन सबै देशका चे ग्वेभारा र सोलेमनीका छोराछोरीहरू एकजुट हुने छन् । उनीहरू कोही मुसलमान हुने छन्, कोही ल्याटिन अमेरिकी हुने छन् र अरु पनि ।
सोलेमनीको हत्यालाई अन्तिम हत्या मान्नेहरूले सोच्नुपर्छ–चे ग्वेभाराको हत्या पहिलो थियो । त्यसपछि सुकार्नो, एनक्रुमा, बेन बेल्ला, मार्टिन लुथर किङ र रोबर्ट केन्नेडीको पनि हत्या भएको थियो ।सोलेमनीको हत्यासँगै इरानी क्रान्ति विघटन हुनेमा म कति पनि विश्वास गर्न सक्तिनँ । यसमा मलाई पटक्कै विश्वास छैन । म उनको बलिदान र उपलब्धि प्रति सम्मान गर्छु । जनताको क्रान्तिको विचार एकै जना व्यक्तिमा निर्भर हुनसक्दैन । एकै जना व्यक्तिको विचारमा निर्भर त खासमा क्रान्ति नै होइन । त्यो त पश्चिमा पुँजीवादी साम्राज्यवादी ‘एक व्यक्तिको महान प्रस्तुति’ (ग्रेट म्यानिज्म) हो । माक्रों, रोडेसिया, लुइस चौधौँ र अहिलेका ट्रम्पमात्र त्यसका हुनसक्छन् । एउटा सफल क्रान्तिकारी संस्कृतिले एउटा प्रणाली विकास गर्छ जसले क्रान्तिको अन्तिम सफलतासम्म एकपछि अर्को पुस्ताका नैतिक र सफल नेताहरू तयार गरेको हुन्छ । इरानमा सफल क्रान्तिको चालीस वर्ष लामो इतिहास छ । आजको दुःखद दिनबीच पनि भविष्यप्रति उनीहरूको विश्वास न्यायपूर्ण छ । ट्रम्पले युद्ध अपराध गरेका छन् । तर, केही समयमै लिइने बदलाले सोलेमनीको न्यायपूर्ण सिद्धान्तलाई सही प्रमाणित गर्ने छ । इरानी क्रान्तिको लागि बलिदान दिने सबैका भावनालाई न्याय गर्ने छ ।चे ग्वेभाराको हत्यालाई कसरी सामना गर्ने भन्ने विषयमा अ·ोलाले उत्कृष्ट उदाहरण पेश गरेको छ । उनीहरूले ‘चे मरेका छैनन्’ नामको साम्राज्यवाद विरोधी लडाइँ थाले । फलतः गिनी बिसाउमा पोर्चुगाली उपनिवेशको अन्त्य भयो । सन् १९७४ मा सम्पूर्ण पोर्चुगल साम्राज्य नै ढल्यो ।
पश्चिमा साम्राज्यवादले दसकौँसम्म भ्रष्टाचार, घृणा र निर्ममता थोपरेको इराक सोलेमनीको लगातारको मिहिनेतपछि आज बलियो बनिसकेको छ । आज इराक अमेरिकी सेनालाई तत्काल शान्तिपूर्वक आफ्नो देश छोड्न भनिरहेको छ । मलाई लाग्छ, सोलेमनीको विरासतको लागि यो भन्दा अर्को कुरा के हुनसक्छ र ?
(लेखक प्रेस टीभीका लागि पेरिसका प्रमुख संवाददाता हुनुहुन्छ । उहाँ सन् २००९ देखि फ्रान्समा बस्दै आउनुभएको छ ।अमेरिकाको एउटा दैनिक अखबारका संवाददाता हुनुहुन्छ । उहाँले इरान, क्युवा, इजिप्ट, ट्युनिसिया, दक्षिण कोरिया र अन्यत्रबाट पनि रिपोर्टिङ गर्नुभएको छ । उहाँले केही पुस्तक पनि लेख्नुभएको छ ।प्रेस टीभीको यो समाग्रीलाई नेपाली अनुवाद सुशिलाले गर्नु भएको हो र हामीले मजदुर अन्लाईनबाट लिएका हौ स)