सेयर
काठमाडौं, ३ फागुन
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा शपथ लिनुभएको छ । साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ खुवाउनुभएको हो । उहाँले जनताका नाममा शपथ लिनुभएकाे हाे ।
शपथ ग्रहण समाराेहमा राष्ट्रपति, उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, प्रधानन्यायाधीश विभिन्न दलका शीर्ष नेता, कुटनीतिक नियाेगका पदाधिकारी तथा कर्मचारीकाे उपस्थिती रहेकाे थियाे ।
प्रधानमन्त्री अाेलीसँगै एमालेका दुर्इजना मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका लाललबाबु पण्डित जनसंख्या तथा वातावरण तथा थममाया थापा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त हुनुभएकाे छ ।
@Ujyaaloonline
shere this