सेयर
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ लाई सर्बोच्च अदालतमा बिहीबार पुर्याएको छ ।
पार्टीको प्रबक्ता प्रकान्ड लगाएत नेता रिहा भए पनि खड्का अझै रिहा भएका छैनन् ।प्रहरीले बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि अर्थात कात्तिक ९ गते हुने भएको छ ।
यसअघि असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रकालगायत विपक्षीहरुको नाममा यही असोज १५ गते सोमबार आदेश दिएको थियो ।