एजेन्सी : पौष २३, इरानको राजधानी तेहरान युक्रेनको राजधानी किभ उड्दै गरेको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको इरानी समाचार संस्था प्रेस टिभीले जनाएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो।
प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको प्रेस टिभीले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । इरानको रेड क्रेसेन्टले विमानमा रहेकाहरु जीवित रहने सम्भावना नरहेको बताएको छ ।
इरान–अमेरिकाबिच हाल कायम तनाव र विमान दुर्घटनाबिच सम्बन्ध नरहे–नरहेको स्पष्ट भएको छैन । उद्धार टोली घटनास्थल पुगेका छन् । इरानको रेड क्रेसेन्टका प्रमुखले कसैलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना अब असम्भव रहेको बताएका छन् ।