सेयर
अछाम : २६ पौष– अपर–कर्णाली जलविद्युत आयोजना निर्माण जिम्मा लिएको जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ । शुक्रबार साझ अछामबाट आएका विप्लव कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ ।
अछामको तुर्माखाद गाउँपालिकाबाट गएको प्रतिवन्धित नेकपाको टोलीले दैलेखको आठबिस नगरपालिका २ मा रहेको कार्यालयमा वम प्रहार गरेको जनाइएको छ। घटनाको उक्त पार्टीले जिम्मेवारी लिएको छ । उक्त पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्लले घटना आफ्नो तर्फबाट भएको बताएका छन् । उनले उक्त आयोजना राष्ट्रको हितमा नरहेको भन्दै बम प्रहार गरेको बताएका हुन् ।
shere this