सेयर
विदुर । नुवाकोटको बञ्चरे डाँडाका स्थानीयहरुले माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । शहरी विकास मन्त्री रामवीर मानन्धर सहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले फोहर फाल्नको लागी आफूहरु विस्थापित हुने अबस्था आएको भन्दै माग पूरा नभएसम्मको लागी फोहर फाल्न चेतावनी दिएका छन् ।विसं २०६१ सालमा गरिएको सम्झौता अनुसार दुई वर्षको लागि भएपनि १४ वर्षसम्म फोहर फालिएको र आफुहरुसँग गरिएको सम्झौता पुरा नभएको स्थानीयबासीले शहरी विकास मन्त्रीलाई गुनासो राखेका छन् । स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम नगरेसम्म फोहोर फाल्न नदिने बताउनुभएको छ । उहाँको व्यवस्थित तरिकाले फोहोर फाल्न र जनतालाई प्रत्यक्ष असर पर्ने कुराको व्यवस्थापन गर्न पनि आग्रह गर्नुभएको छ ।
स्थानीयले फोहोर फाल्ने ठाउँसम्म पक्कि सडक हुने तर एक किलोमिटर भित्र पर्ने गाउँको सडक बनाउन चासो नदिएको भन्दै आक्रोस पोखेका छन् । स्थानीयबासीले फोहोर फालेसगैँ गाउँमा राम्रो विद्यालय, स्वास्थ्य सेवा, रोजगारीको सिर्जना, फोहोरलाई औषधी छर्केर मात्र विसर्जन गरिने लगायतमा दिएको आश्वास सबै अधुरो रहेको स्थानीयबासीको गुनासो रहेको छ ।
स्थानीयहरुको गुनासो सुनेपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीयले राखेका मागहरु पुरा गर्न प्रतिवद्धता जनाउदै केही समय पर्खन आग्रह गर्नुभएको छ । उहाँले बञ्चरेडाँडामा रहेको अबस्था निकै दुःखत रहेको त्यसको बारेमा आफू बल्ल जानकार रहेकाले अब समस्यालाई क्रमशः समाधान गर्न तप्परता देखाउने आश्वासनन दिनुभएको छ ।
shere this








































