सेयर
नुवाकोट÷माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ५० हल गोरु जुधाइएको छ । जिल्लाको तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबिसेमा ४ हल, कट्टीछापमा २ हल र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाइएको स्थानिय आयोजकहरुले बताएका छन । तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २१ हल गोरु जुधाइएको छ ।
बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनको लागि केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन ।
shere this