सेयर
काठमाडौं : माघ १, बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ। भने बालुवाटारको जग्गामा झण्डा गाडेर कब्जा गरेको विप्लव नेतृत्वको नेकपाले दाबी गरेको छ । भने बुधबार साँझ स्वयम्भू नजिकै ढुंगेधारामा रहेको ढकालको घरमा बम विस्फोट भएको हो। विस्फोटले घरको सिसा फुटको छ भने गेटमासमेत क्षति पुगेको छ। बालुवाटरको १४३ रोपनी जग्गा खरिद गर्नेमा ढकाल पनि एक हुन्।
प्रहरीले अज्ञात समूहले बम विस्फोट गराएको बताएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोटको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन। विस्फोटस्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको छ।

shere this









































