काठमाडौं ।
गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे अर्थात राजीव गुरुङले आफुलाई झापड हान्न मजा लाग्ने बताएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि आज पत्रकार सम्मेलन गरेका गुरुङ्गले मिलनलाई आफूले नभइ मुख्यमन्त्रीले झापड हान्नुपर्ने बताए । मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा गुरुङलाई झपड हानेका थिए ।
एन्फा कास्कीका अध्यक्ष गुरुङले पत्रकार सम्मेलन गरेर मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका छन् ।
घटनाका बिषयमा मनाङ्गेले पनि पत्रकार सम्मेलन गरेका हुन् । उनले पत्रकार सम्मेलनमा एन्फा कास्कीका अध्यक्षले भ्रष्टाचार गरेको आरोप लगाए । ‘ठगलाई मैले झपड नहानेर मैले माला लगाइदिऊँ त ?’ उनले भने, यस्तो मान्छेलाई तपाईंहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।
मनाङ्गेले ठगलाई झपड हान्दा यत्रो ठूूलो विषय किन ?’ भन्दै प्रश्न समेत गरेका छन् । ‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’ उनले भने ।








































