सेयर
रसुवा ।
प्रदेश सरकारले एकलौटी रुपमा जिल्ला खेलकुद विकास समिति रसुवामा नयाँ नेतृत्व चयन गरेको भन्दै नेकपा रसुवामा विवाद भएको छ । समिति गठनको विषयलाई लिएर नेकपाका असन्तुष्ट समुहले विज्ञप्ति जारी गरेको छ ।
खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा रसुवाका ५० जना कार्यकर्ताले बुधबार पार्टी परित्याग गरेका छन् ।
नेकपामा आबद्ध जिल्ला खेलकुद विकास समिति रसुवाका पूर्वअध्यक्ष तेम्पासिंगी तामाङ सहित ५० जनाले पार्टी परित्याग गरेका हुन्। खेलकुद विकास समितिमा सहमतिबेगर नयाँअध्यक्ष नियुक्त गरेको पार्टी परित्याग गरेकाहरुको आरोप छ ।
प्रदेश सरकारले मंगलबार नुवाकोट रसुवा सहितका जिल्लामा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष चयन गरेको थियो ।
shere this