काठमाडौं : माघ ९, अहिलेका अधिकांश शक्ति राष्ट्रहरु कसै न कसैका गुलाम बने । चीन, भारत, अमेरिका, ब्राजिल र उत्तरकोरियाजस्ता शक्ति राष्ट्रहरु इतिहासको कालखण्डमा साम्राज्यवादीहरुले गुलाम बनाए । उनीहरुले अपनत्व वा स्वत्व गुमाए । त्यसका बिरुद्ध उनीहरुले राष्ट्रिय मुक्ति आन्दोलन गर्नु पर्यो । साम्राज्यवादसँगको लामो लडाईँपछि स्वतन्त्रता प्राप्त गरे । अमेरिकालाई बेलायतको उपनिवेशबाट मुक्त गराउन मार्टिन लुथर किङ्सले भूमिका खेले । भारतलाई वेलायतको गुलामबाट मुक्त पार्न महात्मा गान्धिले अहिंसाको आन्दोलन गरे ।
पश्चिमा शक्तिहरु र जापानले जमिनलाई चाख्ला चाख्ला झै गरि बाँडेको चीनलाई मुक्त गर्न माओ त्सेतुङले २७ बर्ष युद्ध लडे । अमेरिकी गोला बारुदले मसानघाटमा परणित भएको उत्तरकोरियालाई किम इलसुङले दशकौँ युद्ध लडे । पोर्चुगिज साम्राज्यलाई धपाउन ब्राजिलले पनि लामो समय युद्धको सामना गर्यो । तर नेपाल भने प्रत्यक्ष रुपमा कसैको पनि गुलाम बनेन । नेपालभन्दा झण्डै २५र३० गुणा ठूलो भारत भने बिट्रिस साम्राज्यवादको गुलाम बन्यो तर नेपाल भने स्वतन्त्र नै रह्यो ।

Karan Badal
चीन जापान तथा पश्चिमा देशहरु जर्मनी, अमेरिका, इटाली, बेलायतलगायतका देशहरुले टुक्रा टुक्रामा बाँडेर भाग लगाएका थिए । भारतलाई बिट्रिस इण्डिया कम्पनीले कब्जा शासन गरेको थियो तर नेपालमा विविध कारणले कब्जा गर्न सकेन । कतिपय युद्धमा नेपालले विट्रिस साम्राज्यवादीहरुलाई हराएको थियो । सिन्धुलीगढी, पौवागढी, हरिहरगढी र जीतगढीमा इस्ट इयिडया कम्पनीका सेनाले युद्धमा हारेका थिए । सन् १८१६ मा नेपाल र तत्कालीन बिट्रिस इण्डिया कम्पनीको बीचमा सुगौली सन्धि भएपछि भने विदेशी शक्तिहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाले । जसको उदाहरण गोर्खा भर्ती र भारतको विद्रोह दबाउन नेपाली सेनाको प्रयोग इत्यादी हुन् ।
भारतको स्वतन्त्रतापछि भने भारतले नेपालको आन्तरिक मामिलामा दख्खल दिने क्रम तीव्र पारेको थियो । नेहरको भारतीय माथिल्लो सदनको अभिव्यक्ति र तत्कालीन कांग्रेस नेता वीपी कोईरालाको भारत भक्ति साथै नेपालका शासकहरुको आत्मसमर्पणवादी चरित्रका कारण नेपालको आन्तरिक मामिलामा पनि भारतले हस्तक्षेप बढायो । दिल्लीको तीन पक्षीय सम्झौताले नेपाललाई झन् परनिर्भर बनाएको थियो । त्यस्तै भारत र चीन बीचको १९६२ को युद्धमा भारतीय सेनालाई नेपाल प्रवेशले नेपालको स्वाधीनता माथि नै प्रश्न उठेको थियो । त्यसपछिका नेपालले भारतसँग गरेका विभिन्न कालखण्डका कोसी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता र माथिल्लो कर्णाली तथा अरुण तीन सम्झौताले त नेपालको स्वाधीनता निक्कै कमजोर पारिसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओली-प्रचण्ड र अहिलेको कांग्रेस भने राणा, पञ्चे र शाह शासकहरुको भन्दा पनि झन् नांगिएर अमेरिकी सैन्य गठबन्धनमा सहभागी हुन नाभी देखिको बल लगाई रहेका छन् । अमेरिकी सैन्य गठबन्धन हिन्द प्रसान्त रणनीति (चीन घेर्ने रणनीति) मा सहभागी भएर नेपाली भूमिलाई अमेरिकी सेनाको परेड स्थल बनाउन मरिहत्ते गरिरहेका छन्, जुन नेपालको असंलग्न परराष्ट्र नीतिको ठीक विपरित कदम हो । अमेरिकाले नेपाली भूमिमा दीर्घकालीन रुपमा आफ्ना सेना र हतियार ल्याउने जानकारहरुले बताउँदै आएका छन् ।
महाकाली सन्धि जस्तो राष्ट्रघाती सम्झौतालाई तत्कालीन कांग्रेस र एमालेले जसरी मिलेर लाहा छाप लगाए, त्यसरी नै अहिले अमेरिकी सहस्राब्दी विकास परियोजना (एमसीसी) मा कांग्रेस र सत्तारुढ नेकपा मिलेर लाहा छाप लगाउँदै नेपाललाई अमेरिकाको गुलाम बनाउने कसरतमा लागि परेका छन् । राष्ट्रघातमा जहिले पनि एकजुट हुने कांग्रेस र पूर्वएमालेको इतिहास रहेको छ । जुन महाकाली सन्धि, माथिल्लो कर्णाली र अरुण तेस्रो हेरे पुग्छ ।
सन् १९६२ को चीन भारत युद्धको बेला बाहेक प्रत्यक्ष रुपमा नेपाली भूमिमा कुनै देशको सेना घुसेर आफ्नो क्याम्प खडा गरेको ईतिहास छैन । तर अहिले कांग्रेस र सत्तारुढ नेकपाले अमेरिकी सेनालाई एमसीसी मार्फत् नेपाल प्रवेश गराउन खोजेपनि राष्ट्रभक्त नेपालीहरुले भने त्यसको विरोध गरिरहेका छन् । नेपालमा रहेका तिब्बतीयनहरुलाई उचालेर अमेरिकाले चीन विरुद्ध विद्रोह गराउनकै लागि नेपालको संसदबाट एमसीसी पास गराउने र आफ्नो सेना प्रवेशको बाटो खोल्ने जानकारहरुको दाबी छ । अमेरिकाले आफ्नो प्रतिस्पर्धी चीनलाई नजिकबाट नियाल्न पाल्पाको दोभान सिद्धबाबामा अत्याधुनिक ड्रोन जडान गर्ने तयारी गरेको बताईन्छ । नेपाल र चीनको निगरानी गर्न ती अत्याधुनिक ड्रोन जडान गर्न लागेको बतान्छ । तर प्रधानमन्त्री ओली (सत्तारुढ नेकपा) र कांग्रेस भने जसरी भएपनि एमसीसी संसदबाट पास गराउने पक्षमा रहेका छन् ।
हिजो एक कार्यक्रममा बोल्दै सत्तारुढ नेकपाका स्थायी समिति सदस्य लिलामणी पौडेलले एमसीसी बिरुद्ध बोल्नेहरुको मुख बन्द गर्न काठमाडौंको पाँच तारे होटल सोल्टीमा अघोषित रुपमा एमसीसीको कार्यालय खोलिएको र त्यहाबाट १८ अर्ब रकम बाँडिएको बताएका थिए । त्यस्तै सोही पार्टीका स्थायी समिति सदस्य देव गुरुङले पनि एमसीसी परियोजना पास भए अमेरिकाले नेपाली सेनालाई बेबी सेना बनाउने दाबी गरेका थिए । कहिल्यै कसैको गुलाम नभएको नेपाल ओली नेतृत्वको सरकार र कांग्रेसको सहकार्यमा गुलाम बनाउन लागिएको भन्दै चौतर्फि विरोध भईरहेको छ । हिजो डडेल्धुरामा युवाहरुले एमसीसी परियोजना बिरुद्ध राँके जुलुस निकालेका थिए । भने धरानमा एमसीसीको विरोध गरेका ३ जना घरमा सुतिरहेका बेला पक्राउ परेका थिए । नेपालका अधिकांश बुद्धिजीवीहरु एमसीसी परियोनाको विरुद्धमा रहेका छन् ।