सेयर
काठमाडौं : माघ ९, गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ परेका छन् । मनाङ्गे पूर्वएमालेबाट निर्वाचत भएका थिए । एन्फा कास्कीका अध्यक्षलाई कुटपीट गरेको आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
एन्फा कास्कीका अध्यक्षले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गेविरुद्ध जाहेरी दिएका थिए । खेल मैदानमा आफुलाई कुटपिट गरेर अभद्र व्यवहार गरेको भन्दै फौजदारी संहिताअनुसार कारबाहीको माग गर्दै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका थिए । मुख्यमन्त्री कप फुलबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाएर मंगलबार सांसद मनाङ्गेले गुरुङलाई कुटपिट गरेका थिए ।
shere this