काठमाण्डौ । नेपालका तामाङ लगायत हिमाली पहाडी आदिवासी जनजाति समुदायहरुको ठूलो साझा साँस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रम गरी मनाएका छन् । ‘ल्हो’को अर्थ नयाँ र ‘छार’को अर्थ बर्षको रुपमा बौद्ध धर्मालम्वीहरुले विभिन्न सँस्कृतिक कार्यक्रम तथा मिष्ठान्न भोजन सहित ल्होछार पर्व मनाएका छन् ।
तामाङ समुदायले जन्मदेखि मृत्युसम्म १२ जीवजन्तुलाई आधार मानेर विभिन्न संस्कार गर्ने परम्परा अनुसार यस वर्ष मुसा वर्गको स्वागत गर्दै मनाइएको छ । यसवर्ष मुख्य रुपमा ल्होछार पर्व शनिबार परेको भएपनि शुक्रबारदेखि नै मनाउन सुरु गरिएको हो । मुख्य दिन शनिबार भएपनि अबको करीब एक महिनासम्म नै विशेष कार्यक्रम गरेर तामाङ समुदायले ल्होछार पर्व मनाउने परम्परा रहेको छ । बाह्र वटा ल्हो मध्ये हरेक वर्ष एक–एक वटा ल्हो फरिने गरिएको छ । त्यही ल्हो फेरिने दिनलाई ल्हो पोबा, ल्हो दोबा अथवा ल्होछार भन्ने गरिएको छ ।
तामाङ जातिले मान्ने ल्होछार प्रत्येक वर्षको माघ शुल्क प्रतिपदाको दिनदेखि अर्थात चन्द्र वर्षको प्रथम चन्द्र महिनाको पहिलो दिन परेवादेखि प्रारम्भ हुने गरेको छ । संसँरभर यसैदिनदेखि ल्होछार पर्व निकै हर्षोल्लासका साथ मनाइने गरिएको छ । चीनमा पनि शुक्रबार–शनिबार र आइतबार उत्साहको साथ ल्होछार मनाइने कार्यक्रम रहेको छ ।
यस्तै जापान, मंगोलिया, ताइवान, बर्मा, भुटान, लाओस, थाइल्याण्ड, मलेसिया, सिंगापुर र भारतको सिक्किम, दार्जिलिङ र असाममा पनि ल्होछार पर्व निकै हर्षोल्लासका साथ मनाइने गरिएको छ । नेपालमा भने तामाङ लगायत ह्योल्मो, मनाङ्गे, हुम्लीतामाङ, तोप्गेगोला, सिङ्सा लगायतका समुदायले ल्होछार पर्व मनाउने गरेका छन् । ल्होछारको अवसरमा तामाङ समुदायले गुम्बा तथा घरघरमा पूजापाठ गरी सार्वजनिक स्थलहरुमा दाज्र्यू गाड्ने, छो प्रसाद वितरण गर्ने र शुभकामना आदनप्रदान गर्ने गरिएको छ । ल्होछार पर्व मनाउन नुवाकोटको ककनी र दुप्चेश्वर गाउँपालिको आइतबार पनि सार्जजनिक बिदाको घोषणा गरेका छन् ।
ल्होछार पर्वमा चेलेबेटी, इष्टमित्र र ससुराली कुटुम्बको मिलन र सामूहिक प्रीतिभोज गर्ने गरिएको छ ।

ल्होछार पर्वको रौनक
सेयर
shere this