सेयर

प्रशंसा घिमिरे
छोडेर जानेनै भए प्रिय यो तस्बिर टेकेर जाउ
निर्दर्यी बन्छौ भने मलाई गुडबाई लेखेर जाउ ।
मेरो भरोसा र सपनाहरु केबल तिमी थियौ
त्यसैले जानु अघि मन भित्रको माया भेटेर जाउ ।
नजादै तिम्रो अभाव खटकी रहेको छ प्रिय
यो धडकनमा तिम्रो छाप आज मेटेर जाउ ।
मेरो प्राणसरी बिन्तीहरु पुरा गरन प्रिय तिमी
पुण्यहरु कमाउन ति सारा पापहरु मेटेर जाउ ।।
नुवाकोट कुमरी
shere this