काठमाडौं ।
जनवादी गायक तथा सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माईला लामा पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् । पार्टी केन्द्रिय सदस्य तथा तत्कालिन उपत्यका इन्चार्ज लामा उच्च अदालत पाटनको आदेशमा रिहा भएलगत्तै पक्राउ परेका हुन् ।
ललितपुरको एनसेल मुख्यालयमा भएको बम विष्फोटको घटनामा दोषी रहेको भन्दै लामा सहित केन्द्रिय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडौं सेक्रेटरी धिरेन्द्रा उपाध्याय लगायतका नेता पक्राउ परेका थिए ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सोही आदेशको विरुद्ध लामासहितका नेताहरुको परिवार उच्च अदालत गएका थिए । उच्चले जिल्लाको आदेश बदर गर्दै बिहिबार रिहाईको फैसला सुनाएको थियो ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धित घोषणा गरेर विभिन्न मुद्धामा कार्यकर्ताहरु पक्राउ गरिरहेको छ ।