अछाम ।
छाउगोठ भत्काउन गएका प्रहरीलाई आक्रमण गर्ने महिलालाई प्रहरीले अछामबाट नियन्त्रणमा लिएको छ । हिजो बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैन पुगेका प्रहरीलाई आक्रमण गर्ने धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
साउदले हिजो प्रहरी हवलदार धनबहादुर कैलामाथी आक्रमण गरेकी थिईन । कैलाको मेरुदण्डमा चोट लागेको छ । कैलाको जयगढ स्वास्थ्य चौकिमा उपचार भैरहेको छ । हिजो राति नै पक्राउ परेकी साउदमाथी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
गृहमन्त्रालयको निर्देशनपछि सुदुरपश्चिमका जिल्लामा स्थानीय प्रशासन र प्रहरीले छाउगोठ भत्काउने अभियान नै चलाएका छन् । छाउगोठ भत्काउदा अन्य विकल्प नदिइएको तथा महिनावारी हुँदा महिलालाई झनै असुरक्षा हुने गरेको भनेर कतै कतै विरोध समेत भएको छ ।