सेयर
काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जबरजस्ति करणी आरोपमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई भेटेका छन् ।
भट्टराईले आज डिल्लीबजार कारागार पुगेर महरालाई भेटेका हुन् । संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ति करणी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका महरा अशाेज १९ गते बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका हुन् । करणी आरोप लगाउने महिला बयान फेरिसकेकी छन् ।
महरा कारागार चलान भएपछि उच्च स्तरका नेताले भेटेको यो नै पहिलो पटक हो । आज दिउँसो कारागार पुगेका भट्टराईले करिब एक घण्टासम्म कुराकानी गरेको बताईएको छ ।
shere this