काठमाडौं : माघ २४, अहिले चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरसले विश्वभरी त्रास फैलाएको छ । यो भाईरसबाट चीनमा ५६३ जनाको मृत्यु भईसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सो भाईरसबाट हजारौँ चिनियाँ नागरिक संक्रमित भएका छन् । चीनको वुहान सहरको समुद्री खाद्य बजारबाट फैलिएको बताईन्छ । यो भाईरस सुरुमा जनावरबाट मानिसमा सरेको चिकित्सकहरुले बताएका छन् । ल्याटिन भाषामा कोरोना भनेको मुकुट हो । यो भाईरसको आकार क्राउन अर्थात् मुकुट जस्तो भएकाले यसको नाम कोरोना भाईरस भनिएको हो ।
यो भाईरस विभिन्न भाईरसहरुको समुह हो । यो मानिस लगायत विभिन्न स्तनधारीहरुको श्वास नलीसँग सम्बन्धित रोग हो । सर्पबाट मानिसमा सरेको बताईन्छ । तर यसको पुष्टि गर्ने कुनै आधार भेटिएको छैन । कोरोना भाईरसको उपचार गर्ने औषधी पत्ता लागेको छैन । कोरोना भाईरसको समय २ देखि १० दिन रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेवेल कोरोना भाईरसका लक्षणहरु ।
यो रोगका विभिन्न लक्षणहरु देखा परेका छन् । कोरोना भाईरसले सबभन्दा पहिले फोक्सोमा संक्रमण हुने गर्दछ । अत्यधिक टाउको दुख्ने, नाकमा पातलो सिगान बगिरहनु, रुघा खोकी लाग्नु, घाँटी दुख्नु, उच्च ज्वरो आउनु, बारम्बार हाच्छु आउनु, शरिर थकानको महशुस हुनु र निमोनिया पनि कोरोना भाईरसका लक्षण भएको चिकित्सकहरु बताउँछन् ।
नोवेल कोरोना भाईरसबाट बच्ने के गर्ने ?
स्वास प्रश्वासको माध्यमबाट सर्ने गरेको चिकित्समहरु बताउँछन् । माक्र्सको प्रयोग गर्नु पर्दछ । वातावरण सरसफाई गर्नु पर्दछ । संक्रिमित व्यक्तिबाट १५र२० मिटर टाढा रहेने । विरामीलाई सुरक्षित स्थानमा राख्ने । प्रशस्त पानी पिउने, झोलजन्य पदार्थ पिउने ।
क्वारेण्टाईन गर्ने
कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्ग सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ। सरुवा रोगको सङ्क्रमण वा त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारन्टीनमा अर्थात् अलग्गै राखिन्छ। अझ विस्तारमा भन्नु पर्दा स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ।
कोरोना भाईरसको संक्रमण पुष्टि भएका देशहरु
कोरोना भाईरस अहिले चीनको वुहान सहरबाट तीव्र रुपमा फैलिरहेको भएपनि यसको संक्रमण विभिन्न देशहरुमा फैलिईसकेको छ । चीन बाहेक, जापान, दक्षिण कोरिया, भियतनाम, ताईवान, फिलिपिन्स, हङ्कङ, मकाउ सिंगापुर, अस्टे«लिया, थाईल्याण्ड, कम्बोडिया, मलेशिया, श्रीलंका भारत रुस, नेपाल, युएई ईटाली, स्पेन, फ्रान्स, बेल्जीयम, स्वेडेन, जर्मनी युके, अमेरिका, फिनल्याण्ड र क्यानडामा सो भाईरसको संक्रमण रहेको पुष्टि भएको छ ।