सेयर
काठमाडौं : माघ २४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले आफू भ्रष्टाचारी नभएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा दोषी अपराधी कसैले उन्मुक्ति पाउन नहुने भन्दै उनले आफू भ्रष्टाचारी नभएको बताएका हुन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै शुक्रबार उनले भने, ‘म अपराधी हैन। दोषी हैन। भ्रष्टाचारी हैन।
तर कसैले भ्रष्टाचार गरेको छ भने उसलाई कारबाही हुनुपर्छ नेता नेपलले भने । उनले आफू प्रधानमन्त्री हुँदा कसैलाई नयाँ मोही बनाउन निर्णय नदिएको बताए। उनले कोही निर्दोष मान्छे फसेको भए त्यस्तो गर्न नहुने तर दोषीलाई उन्मुक्ति दिन नहुने बताए। उनले पार्टीगत आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई मुद्दा चलाएजस्तो आफूलाई नलागेको बताए।
shere this