काठमाडौ ५ फागुन
बहुउदेष्य लिएर कम्पनी रजिष्टार कार्यलयमा दर्ता भएको एस पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजी ले सञ्चारमा सबैको पहुच पु¥याउन जिल्ला जिल्लामा तालिम दिने भएको छ । बिशेष गरी गाउ गाउका मानिसले अझै सञ्चारको विशेशता नबुझेको र स्थानिय रुपमा भएका गतिविधी स्थानिय सञ्चार सम्म पु¥याउन नसकेका कारण, महत्वपुर्ण जनसरोकारका बिषय सञ्चार माध्याममा कम आउने भएकाले त्यस्ता समाचार,श्रोत र गतिबिधी स्थानिय सञ्चार सम्म पु¥याउनका लागी ग्रामिण भेगका बुद्धिजिवी तथा सरोकारवाला हरुलाइ आधारधुत रुपमा तालिम प्रधान गर्न लागीएको एस पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजीका सस्थापक अध्यक्ष तथा सञ्चारकर्मी सुजन प्रेमीले बताउनुभयो । आफुले मिडिया इन्जिनिएर, आमसञ्चार जस्ता विषय अध्यायन गरेको र करिब ८ बर्षको सञ्चारको अनुभव बटुलेकै कारण नेपालको अवस्थामा सञ्चार र यसको भुमिकालाइ बुझेरै सो अभियान थालिएको अध्यक्ष प्रेमीको भनाई छ ।
हरेक जिल्लाका रेडियो तथा सामुदायिक रेडियोमा जनशक्तीको अभाव भएको बेलामा सो तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ । यस अभियानमा सबै सञ्चारमाध्याम तथा सामुदायिम रेडियोहरुलाइ साथ दिन आग्रह गरिएको छ । यस अघिपनी संस्थाले बिभिन्न जिल्लामा तालिम दिईसकेको र तालिम लिन ईच्छुकलाई ९७४११००६१० मा सम्पर्क गर्नपनी आग्रह गरिएको छ । संस्थाको रेडियो बृन्दाअनलाईन नामको आफ्नै अनलाईन रेडियो डिजिटल पत्रीका समेत रहेको छ ।