
फाईल फोटो
नुवाकोट ७ फागुन
नुवाकोटको ढिकुरेमा “मनको चौतारी” कार्यक्रम अन्तरगत नाटक मञ्चन हुने भएको छ । अमेरिकीयर्स (AmeriCares) र इस्राएड (IsraAID) को आयोजना र टि. पि. ओ. नेपालको सहकार्यमा मनोसामाजिक समस्याका बारेमा यही फागुन १२ गते बिहिबार बिहान साढे ११ बजे नाटक मञ्चन हुने अमेरिकीयर्स (AmeriCares) र इस्राएड (IsraAID) का डिस्ट्रिक डाईरेक्टर राधा श्रेष्ठले जानकारी दिनुभयो ।
यस अघि नुवाकोटकै बिभिन्न गाविसमा मञ्चन भैसकेको “मनको चौतारी” कार्यक्रम अन्तरगत नाटक , नुवाकोट जिल्लाको खानिगाउँ गाविसको ढिकुरे बजार स्थित पुलको छेउमा यही फागुन १२ गते बिहिबार बिहान साढे ११ बजे मञ्चन हुनेछ भने नाटकमा मनोसामाजिक समस्यालाई नाटक मार्फत प्रस्तुत गरिने श्रेष्ठले बताउनुभयो । मानिसमा हुने मनोसामाजिक समस्या, यसको लक्षण र यसबारे काउन्सिलिङ गराउने उदेष्य स्वरुप नाटक मञ्चन हुन लागेको हो ।
हाल यस्ता कार्यक्रम नुवाकोटका ३० गाविस र भुकम्प प्रभावित जिल्ला नुवाकोट, धादिङ्ग, गोरखा, दोलखा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरि ६ जिल्लामा सञ्चालन भैरहेको श्रेष्ठको भनाई रहेको छ । संस्थाले मनोसामाजिक समस्याका बारेमा तालिम पनी दिदै आएको छ । हालै मात्र महिला स्वयमं सेविकाहरुलाई मनोसामाजिक समस्या, यसका लक्षण र न्युनिकरणका सम्बन्धमा ४ दिने तालिम दिईएको संस्थाले जनाएको छ । “मनको चौतारी” कार्यक्रम अन्तरगत नाटक यस अघिपनी धेरै मञ्चन भैसकेकोले नाटकलाई प्रत्यक्ष हेरेर यसबाट लाभ लिनका लागी सबैमा आग्रह गरिएको छ ।
“मनको चौतारी” कार्यक्रम अन्तरगतको नाटक फोटोमा हेर्नुहोस











































