काठमाण्डौ ,चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष असर नेपाली विकास निर्माणका काममा पनि पर्न थालेको छ । सबैभन्दा ठूलो समस्या जलविद्युत क्षेत्रमा परेको छ । विद्युत प्राधिकरणले बनाइरहेका सबैजसो आयोजना कोरोनाको कारण प्रभावित छन् ।
४ सय ५० मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका ६ जना चिनियाँ कर्मचारी नयाँ वर्ष मनाउन गएकोमा अझै फर्किएका छैनन् ।१ सय २ मेगावाटको मध्यभोटेकोशी आयोजनाका कामदार पनि फर्किएका छैनन् । १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना अन्तिम चरणमा छ । तर आयोजनाको ठेकेदार कम्पनी सीडब्ल्यु चाइनाका कामदार नयाँ वर्ष बनाउन चीन गएकोमा अझै फर्किएका छैनन । रसुवागढीमा विद्युत उत्पादनको लागि चाहिने उपकरण पनि आइपुगेका छैनन ।
नुवाकोटको किस्पाङमा बनिरहेको ३७ मेगावाट क्षमतामा माथिल्लो त्रिशुली थ्री बी आयोजना कोरोना भाइरसको कारण सबैभन्दा धेरै प्रभावित भएको छ । त्रिशुली जलविद्युत कम्पनीका कार्यकारी प्रमुख मोहन गौतमका अनुसार यहाँका ५० जना कामदार पुसको पहिलो हप्ता नयाँ वर्ष मनाउन चीन गएका थिए । तर अहिलेसम्म ५ जना मात्रै फर्किएका छन् । अरु फर्कने टुंगो छैन ।आयोजनाको सुपरभाइजरदेखि कामदारसम्म सबै चिनियाँ रहेकाले उनीहरुविना यहाँ रहेका कामदारले पनि काम गर्न पाएका छैनन् । आयोजनाको सुरुङको लागि ३ ठाउँबाट काम हुनुपर्नेमा त्यो भएको छैन । पावरहाउसको लागि इलेक्ट्रोमेकानिकल सामाग्री आउन पाएका छैनन् ।
यस्तै १ सय २ मेगावाटको मध्यभोटेकोशी आयोजनाका कामदार पनि फर्किएका छैनन् । १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना अन्तिम चरणमा छ । तर आयोजनाको ठेकेदार कम्पनी सीडब्ल्यु चाइनाका कामदार नयाँ वर्ष बनाउन चीन गएकोमा अझै फर्किएका छैनन । रसुवागढीमा विद्युत उत्पादनको लागि चाहिने उपकरण पनि आइपुगेका छैनन ।
साञ्जेन जलविद्युत आयोजनाको काम पनि कोरोनाकै कारण प्रभावित भएको छ ।