सेयर
काठमाडौं ।
संरक्षीत बन्यजन्तुको छालासहित दुई जना पक्राउ परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा नुवाकोट बेलकुट नगरपालिका ११ मजुवाका २५ बर्षिय विकास तामाङ्ग र नुवाकोट ककनी गाउँपालिका ४ निगालेका २१ बर्षिय सुवास लामा रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले चितुवको छाला र भालुको पित्त एक एक थान बरामद गरेको छ ।
पक्राउ परेका दुवैजना माथि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसन्धान भईरहेको प्रहरी अनुसन्धान ब्युरोको अपराध महाशाखाले जनाएको छ ।
shere this