सेयर
काठमाडौं ।
फागुन १ गतेको जनयुद्ध दिवसको पुर्वसन्ध्यामा सरकारद्धारा प्रतिबन्धित नेकपाका दुइ जनालाई प्रहरीले पक्रेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तनहुँ जिल्ला इन्चार्जसहित दुई जना पक्राउ परेका हुन् ।
मंगलबार राती तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन र अर्का एकजना पक्राउ परेका हुन् । पक्राउ पर्ने अर्का को हुन् खुलाईएको छैन ।
प्रहरीले उनीहरुलाई मंगलबार राति तनहुँको जामुनेबाट पक्राउ गरेको हो । जनयुद्ध दिवसको पोष्टर टाँस्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
shere this