काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएर दुई बर्ष पुरा हुनु पनि उपलब्धी भएको बताएका छन् ।
आज प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने बताए ।प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरुबारे सदनलाई जानकारी गराइरहेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात दुई वर्ष पूरा भएको छ । लामो समयसम्म ६÷७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने अवस्था आउँदोरहेछ ।’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले यसअघि संसदमा सम्वोधन गर्न खोज्दा नपाएर बाहिर बोल्नुपरेको गुनासो गरेका छन् ।