काठमाडौं ।
चीनमा देखिएको कोरोना भाईरसको बिषयलाई लिएर समाचारमा माओत्सेतुङको तस्विर गलत रुपमा प्रयोग गर्ने एउटा पत्रिकाका प्रधान सम्पादकले आजबाट जागीर छाड्नुपर्ने भएको छ । कान्तीपुर पब्लीकेसनको द काठमाडौं पोष्टमा हिजो मंगलबार प्रकाशित एक समाचारमा माओत्सेतुङको तस्विरमा माक्स लगाएको देखाईएपछि नेपालस्थित चिनियाँ राजदुतावास र चाइना मिडिया ग्रुपले आपत्ती जनाएको थियो ।
सम्पादक अनुप काफ्ले काठमाडौं पोष्टमा आएपछि पत्रिका प्रायः विवादमा तानिएको छ । कान्तिपुर पब्लिकेसनले अनुपलाई आजका मितिबाट बिदाई गर्ने निर्णय भने पहिले नै गरेको थियो ।
समाचारमा कोरोना भाइरससँगको बिषय उठान भएपनि तस्विर गलत भएको भन्दै चिनियाँ राजदुतावासले द काठमाडौं पोष्टका सम्पादकलाई चीन विरोधी समुहको सुँगा भनि टिप्पणी गरेको थियो । तस्विरमार्फत माओत्सेतुङको अपमान भएको भन्दै चाईना मिडिया ग्रुपले सार्वजनीक रुपमा माफी माग्न आग्रह गरेको थियो । विज्ञप्तीमार्फत चिनियाँ राजदुतावासले काठमाडौं पोष्ट चीनका बिषयमा जहिले पनि पुर्वाग्रही भएको जनाएको छ ।
समाचारमा गलत अर्थ दिने फोटो प्रकाशित भएपछि द काठमाडौं पोष्टको आलोचना भएको छ । जागिरबाट निस्कनु अघि अनुपको सम्पादनमा आएको समाचारले नेपाली मिडिया र चीनबिचको सम्बन्धमा फेरी एकपटक चिसो पसेको छ ।